नेत्र शाही ,भाद्र १७, २०८०जुम्ला,

२३३ पटक

भदौ १७ गते । जुम्लामा जीप दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी उमेश चन्द्धका अनुसार भे १ ज १०९९ नम्बरको जीप विहान अन्दाजी ६ः४५ बजे दुर्घटना भएको छ । गुठिज्यूलाबाट मुगु जादै गरेको उक्त जीपमा दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटना स्थलमा ज्यान गएको छ । उनिहरुको नाम र पहिचान हुन सकेको छैन् ।
उहाँका अनुसार घटनाको बृस्तृत विवरणका लागि प्रहरी हवल्दार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन् । घटनाको बृस्तृत विवरण भने आउन वाँकी रहेको छ । प्रहरीका अनुसार अन्दाजी सड्कबाट जीप ३ सय मिटर तल खसेको थियो ।