OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ३, २०८०जुम्ला,
२०९ पटक

भदौ ३ गते । जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ बुदबुदी महाेत्सव भब्य रुपमा मनाईने भएको छ । सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथ महोत्सव को उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किरातिले गर्नु हुने भएको छ ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हरेक बर्ष भदौ १० गतेका दिन लाग्ने उक्त मेला यस बर्ष प्रचार प्रसारको हिसावले पनि मेला आयोजना गरिएको छ । उहाँका अनुसार महोत्सव सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा सिजा गाउँकार्यपालिकाको बैठक सम्पन्न भई तयारी भईरहेको छ ।

ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचार प्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले बृहत महोत्सव गर्न थालेको हो । महोत्सवस्थलमा मन्त्री किराति सहित कर्णालीका भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतिकदलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरु, संचारकर्मीकाे सहभागिता हुने छ ।

एकादशीका दिनमा त्यहाँ बृहत धार्मिक मेला लाग्ने, अन्य साना तिना मष्टाको थानको भारा सफा गर्ने,  त्यहाँ नुहाएर अन्य गाउँका आ–आफ्ना थानमा जल लिएर जाने धार्मिक प्रचलन छ । कर्णाली मष्टोको मुहान समेत भएकाले केदारनाथ बुदबुदी जस्तै मष्टाका सयौ धार्मिक मेला एकादशी पछि शुरु हुने भएका धार्मिक अगुगा देवि प्रसाद सिम्खाडाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्