OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २, २०८०
४१३ पटक

भदौ २ गते । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन) ले जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । एक दिने उक्त प्रतियोगिता नौ वटा बिद्याालयले भाग लिएका थिए । प्याब्सनको आयोजनामा भएको सामुहिक नृत्य प्रतियोगितामा ब्राईट फ्यूचर स्कुल प्रथम भएको छ । त्यस्तै कैलाश बोदी स्कुल दोस्रो भएको छ भने डाइनामिक बोडिङ स्कुल पातारासी तेस्रो भएको छ ।

एकल नृत्य तर्फ कैलाश बोडिङ स्कुल प्रथम, कनिका निशा दोस्रो र ब्रराइट फ्यूचर बोडिङ स्कुल तेस्रो भएको छ । कार्यक्रमका प्रमुख अतिथि समाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराम चौलागाईले पढाइसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्न प्याब्सनले महत्वपुर्ण काम गरेको बताए । उनले नृत्य प्रतियोगितामा प्रथम द्धितिय र तितृय हुने स्कुललाई हार्दिक बधाई सफलताको शुभकामना ब्यक्त गरेका छन ।

त्यस्तै प्याब्सन जुम्लाका अध्यक्ष टासी दोन्दुप लामाका अनुसार जुम्लामा संञ्चालित निजि बिद्यालयहरु बिच एक दिने नृत्य प्रतियोगिता सम्पन्न भएको छ । उनले भने,’जुम्लामा २५ वटा निजि बिद्यालय संञ्चालनमा छन । यस प्रतियोगितामा १४ वाट विद्यालयलाई पत्रचार गरिएको थियो ।

यहाँ कार्यक्रमा नौ वटा बिद्यालयले भाग लिएका मध्य कनिका निशा बोडिङ स्कुल ,कर्णाली बोडिङ स्कुल, एशिया इन्टरनेश्नल स्कुल, जिएमडी ,चन्दननाथ बोडिङ उमगाड ,कैलाश बोदी स्कुल ,डाइनमिक स्कुल पातारासी ,ब्राईट फयूचर, नित्य प्रतिगिता कार्यक्रमा भाग लिएका आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्