OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र २, २०८०जुम्ला,
५२८ पटक

भदौ २ गते । जुम्लामा माध्यामिक विद्यालय शिक्षक यूनियन (हिस्टुन) अध्यक्षमा रणबहादुर रावत ( संजिव गाउँले) चयन हुनु भएको छ । जिल्लामा भएको भेलाले अध्यक्ष रावतको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ चयन भएका समितिको उपाध्यक्षमा खगेन्द्रराज बस्नेत, महिला उपाध्यक्ष हैजली योगी, सचिव धिर वुढा, सहसचिव राजबहादुर बडुवाल, कोषाध्यक्ष दुर्योजन रोकाया सहितको २१ सदस्यीय कमिटि गठन भएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।

कमिटिको उद्देश्य साविकको उच्च माविमा कार्यरत सम्पूर्ण शिक्षकको हक अधिकार र पेशागत स्थायीत्वका लागि काम गर्ने रहेको अध्यक्ष रावतले जानकारी दिनुभयो । हिस्टुनका अनुसार जुम्लाका उच्च माध्यामिक विद्यालयमा करिब ४८ जना र प्राविधिक शिक्षक गरी करिब ६८ जना कार्यरत रहेका छन् ।

अध्यक्ष रावलतले माध्यामिक विद्यालयका शिक्षक ( साविक उच्च मावि) का शिक्षकहरु ३ दशक देखी अस्थायी रुपमा सेवा गर्दै आएपनि राज्यले स्थायित्वको विषयमा ध्यान नदिएकाले यो सवाल प्रथामिकताका साथ उठान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विश्व विद्यालय र अन्य संस्थानका कर्मचारीहरु स्थायी गरिदा साविक उच्च मावि शिक्षक र राहात शिक्षक उपेक्षामा रहेका बताउनुभयो ।

प्रतिकृया दिनुहोस्