OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
धनलाल बस्नेत साउन २६, २०८०जुम्ला,
२२३ पटक

शशस्त्र प्रहरी वल ३३ नम्बर त्रिपुणा गण जुम्लाले आफ्नो स्थापना दिवश मनाएको छ । शशस्त्र प्रहरीले नवौ स्थापना दिवश जुम्लामा मनाएको हो ।
शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरा गण जुम्लाका गणपति चेतराज जोशीको अध्यक्षतामा सम्पन्न दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शशस्त्र प्रहरीले राष्ट्रका लागि गरेका योगदान अतुलनिय रहेको भन्दै प्रगतिको शुभकामना दिनुभयो । उहाँले शान्ति सुरक्षा, विपत व्यवस्थापनमा शशस्त्र प्रहरीले जुम्लामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । प्रजिअ घिमिरेले शशस्त्र प्रहरी वल नेपाली जनतामा शान्ति सुरक्षा अमनचयन गर्नुपर्ने बिषयमा प्रतिवद्धता भईरहेकाले शान्ति सुरक्षामा महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।

गणपति चेतराज जोशीले शान्ति सुरक्षाको प्रतिवद्धता जनाउदै नेपालमा २०५७ सालमा स्थापना भएको शशस्त्र प्रहरीवल विभिन्न वाधा अवरोधका विच यहाँ सम्म आईपुगेको बताउनुभयो । उहाँले २०७५ साल भदौ ३१ गते ३३ नम्बर शशस्त्र प्रहरीवल त्रिपुराको जुम्लामा स्थापना भएको जानकारी दिदै गणको भौतिक संरचना अभावको समस्या विच तातोपानी गाउँपालिकाको ५ ऐनेरीमा २०४५ वर्गमिटर क्षेत्रफलमा जग्गा प्रदान गरि कार्यालय सर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले ऐरेनीमा भौतिक संरचना निर्माण समेत भईरहेकाले त्यसको पूर्णताका लागि सवैको सहयोग सहकार्य आवश्यक रहेको छ ।

गणपति जोशीले गणले कालिकोट र दैलेखको अपरकर्णाली वेस क्याम्पमा समेत संरचनाले काम गरिरहेको जानकारी दिनुभयो । गणले प्रांगणमा मनाएको दिवसको अवसरमा उत्कृष्ट काम गर्ने, विभिन्न प्रतियोगितामा स्थान हाशिल गर्ने शशस्त्र प्रहरीका विभिन्न दर्जाका व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नवौ स्थापना दिवशका अवसरमा विभिन्न प्रकारका नृत्य प्रतियोगिता गरिएको छ ।

दिवशको अवसरमा संगठनको लागि काम गर्दै गर्दा दिवंगत हुने शशस्त्र प्रहरी महानिरीक्षक कृष्ण मोहन श्रेष्ठ सहित अमर सहिदहरु प्रति पुष्पगुच्चा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्