OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,साउन २३, २०८०जुम्ला,
७१५ पटक

साउन २३ गते । जुम्लामा सात घर सहित सृङखलावद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा गत साउन ५, ६ गते र विभिन्न समयमा सात घर, ट्रयाक्टर र अटो रिक्सा सहित जुम्ला गुठिचौर ४ उखाडि घर भई चन्दननाथ नगरपालिका २ भण्डारीवाडा घरज्वाई वस्ने बर्ष ३० का रत्नबहादुर अधिकारीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले पत्रकार भेटघाटमा गत २०८० साउन ५ गते राती, ६ गते विहान गरि अज्ञात समुहबाट जलेका भनिएका सातवटा घर रत्नबहादुर अधिकारीले घटना घटाएको पुष्टि भएको जानकारी दिनुभयो । उहाँले त्यस समयमा जलेको ट्रयाक्टर, अटो समेत उनले आगजनी गरेको खुलेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गत २०८० साल साउन ५ गते राति चन्दननाथ नगरपालिका १ स्थित डुडाखोचमा ५१ बर्षिय रतनबहादुर बुढाको ढुंगा माटोले वनेको २ तले कच्चि घर, जुम्ला गुठीचौर गाउँपालिका ४ विगारे बस्ने बर्ष ५६ को भिम प्रसाद जैसीको ढुंगा माटोले वनेको ३ तले कच्चि घर, २०८० साउन ६ गते १ बजे गुठिचौर गाउँपालिका ४ खल्लावाडा बस्ने ५३ को लालचन्द्र सार्कीको ढुंगा माटोले वनेको २ तले कच्चि घर, गुठिचौर गाउँपालिका वडा नम्बर ४ डाडावाँडा (क) बस्ने ५९ बर्षको कबिदत्त न्यौपानेको ढुंगा माटो जस्ताले बनेको ४ तले घरको भुईतलाको आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, तन्नामा आग लगाई झ्याल र वारदली क्षेति भएको बिषय, गुठिचौर गाउँपालिका वडानम्बर ४ निवासी डाडावाँडा (ख) बस्ने बर्ष ३८ को कविदत्त न्यौपानेको ढुगा माटो जस्ताले वनेको घरमा आगजनी गरि भएको क्षेति, जुम्ला गुठिचौर गाउँपालिका वडा नम्बर ४ धवलपुर बस्ने बर्ष ६९ को खडानन्द पाण्डेको जस्ताले वनेको ३ तले घरमा आगजनी, गुठिचौर गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३५ को प्रेम प्रसाद न्यौपानेको घर जलाउने व्यक्ति रत्न प्रसाद अधिकारीनै रहेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अधिकारीले २०८० साउन ६ गते विहान अन्दाजी ३ बजे नै विभिन्न घरमा आगजनी गर्दै गुठिचौर गाउँपालिकाको कार्यालय तर्फ जाने मुल सडक प्रयोग गरी गाउँपालिका नजिकैको फलामे पुल तरेर वडा नम्बर ५ प्रवेश गरी झारज्वाला देखी जुम्ला बजार तर्फ आउने मुलसड्कबाट धिता गाउँ नजिकै सड्क स्तरउन्नतिका पार्किङ गरि राखिएको लु ५ त १२४४ नम्बरको ट्रयाक्टर आगजनी गरेका थिए । यसैगरी रत्नप्रसाद अधिकारीलेनै २०८० साल असार २७ गते गुठीचौर निवासी कृष्णबहादुर अधिकारीको पार्किङ गरि राखिएको अटो रिक्सा अन्दाजी राति ३ बजे अटो रिक्सापनि जलाएको प्रहरीले जानकारी दिएको छ ।

अधिकारीले साउन २ गते चन्दननाथ नगरपालिका १ बस्ने बर्ष ५२ को साउनेखर कामीको गुठिचौर गाउँपालिका ५ मा रहेको गाईभैसी पाल्ने कच्चि गोठ समेत जलाएको प्रहरीले पत्रकार भेटघाटमा जानकारी दिएको छ । सृङखलावद्ध रुपमा घटना घटाउने रत्नप्रसाद अधिकारीलाई प्रहरीले गत साउन ६ गते पक्राउ गरेको थियो र सोधपुछको आधारमा घटनाहरु ऋाफुले घटाएको बताएका छन् । प्रहरी नायव उपरीक्षक कार्कीले प्रस्तुत गर्नु भएको प्रेसबिज्ञेप्तिमा भनिएको छ, २०८० साउन ६ गते अन्दाजी २२ ः५५ मा चन्दननाथ नगरपालिका वडा नम्बर १ रानामा मुखमा कालो माक्स, ४ फिट लामो लाठी वोकेको व्यक्तिले स्थानीय सर्वसाधारणको घरमा गई ढोका ढकढक्याई को छ घरमा ? वास पाईन्छ कि नाई भनि सोध्ने गरेको खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाईनै अपशब्द वोलेर प्रहार गर्न खोजेको हुदा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानको क्रममा ति घटनाहरु घटाउने सवै आफु हुँ भनि रत्नबहादुर अधिकारी खुलेको जानकारी गरिएको छ । अधिकारीका विरुद्ध जुम्ला गुठिचौर ४ निवासी कृष्णबहादुर अधिकारीले अटो रिक्साधनि कृष्णबहादुर अधिकारीबाट जाहेरी लिएको थियो ।
पत्रकार भेटघाटमा सो घटनाको बिषयमा रत्नप्रसाद अधिकारी सँग श्रृङखलावद्ध आगजनीको कारणवारे प्रारम्भिक सोधपुछ गर्दा आफु गरिव भएकाले कसैले पनि ऋण नदिएको, उधारो पनि नपत्याउने भएकाले यस्ता कार्यगरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रत्नप्रसाद अधिकारी नेपाली सेनामा रही छोडेका थिए ।
क्याप्सन ः सात घर सहित श्रृङलावद्ध घटनाका बिषयमा जानकारी गर्दै प्रनाउ कार्की तस्बिर नेत्र शाही जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्