OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आषाढ २१, २०८०जुम्ला,
२१३ पटक

असार २१ गते । गत असार १६ गते जुम्ला तातोपानी ४ जुम्लाको गिडिखोलामा घर जलेका बिषयमा जुम्लाका राजनैतिक दल दलित संगठनहरुले ध्यानाकर्षण गराएका छन् ।

पत्रकार भेटघाट मार्फत संयूक्त विज्ञप्ति जारी गर्दै २०८० साल असार महिनाको १२ गतेका दिन जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ बस्ने चन्द्रविर नेपालीको छोरा मुकेन्द्र नेपाली र एक केटी सल्लाह गरी भागि गएको विषय लिएर चन्द्रविर नेपालीको घरमा लगाई घरको चल अचल सम्पति जलाईएको बिषय दलित समुदायमाथी विभिन्न वहानमा विभिन्न पूर्वाग्राही राखी दलित समुदायमाथी गरिने जातीय विभेद तथा मानवता विरुद्धको निन्दनी व्यहार र मानव अधिकारको ठाडो उलंघन भएको छ ।

विज्ञेप्तिमा भनिएको छ, यस्ता गम्भिर मानवीय तथा सामाजिक अपराधिक घटनाहरुलाई कमजोर पार्ने, अनुसन्धानलाई फितलो वनाउने, मुद्दाको स्वरुपमा परिवर्तन गर्ने र सत्य तथ्य कुरालाई लुकाउने भईरहेको विज्ञेप्तिमा उल्लेख छ ।

नेपाल उत्पिडिन जातीय मोर्चा, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, दलित मुक्ति संगठन, राष्ट्रिय प्रजातान्त्रिक उत्पिडिन संगठन, अनेमसंघ (क्रान्तिकारी) लगायतका संगठनको संयूक्त हस्ताक्षरित विज्ञेप्ति जिल्ला प्रशासन कार्यालयमा समेत बुझाईएको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण गरिएको हो ।

पत्रकर भेटघाटमा दलित अधिकारकर्मी तथा भातृ संगठनका नेताहरुले जातीय भेदभाव विरुद्धमा आफुहरु एक भएर जाने विषय सँगै जस्तो सुकै अपराधको विरुद्धमा आवाज उठाउने बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय जुम्लामा तातोपानी ४ गिडिखोलामा अन्तरजातिय विवाह पछि घर जलाईएको भन्दै मुद्दा दर्ता गराएपछि तातोपानी ४ कै हिक्मत गिरीलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको छ ।

मुलुकी अपराध सहिँता २०७४ को दफा २८५ र १६६ अनुसार अपराधिक उपद्रव र जातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर मुद्दा अगाडि बढाईएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

यता केटीका वुवाले पनि छोरी हराएको भन्दै गत असार १३ गते निवेदन दिएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केटीका वुवा श्रीराम गिरीले दिएको निवेदनमा मुकेन्द्र नेपाली सँग विवाह गरेकी केटी अन्दाजी १६ बर्षकी उल्लेख भएपनि १४ बर्ष ७ महिनाकी वालिका रहेकी छन् । केटीको विद्यालयको प्रमाणपत्रमा १४ बर्ष ७ महिना उमेर खुलेको प्रहरीले जनाएको छ । यता तातोपानी वडा नम्बर ४ का अनुसार केटीको जन्म मिति २०६५ मंशिर २५ गते रहेको उल्लेख छ ।पत्रकार भेटघाटमा मुकेन्द्र नेपालीका दाजु भरत नेपालीले घर जलाउनु जघन्य भएको र लामो समय देखी आफ्नो भाई सम्पर्क विहिन भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्