OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी आषाढ १७, २०८०जुम्ला,
९६ पटक

असार १७ गते । जुम्लाको तातोपानी ४ गिडिचौरमा ३ तले घर जलेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तातोपानी ४ निवासी भरत नेपालीको घर जलेको हो ।

प्रहरी निरीक्षक जोशीका अनुसार आज विहान अन्दाजी ३ वजे आगलागी भएर भरत नेपालीको ३ तले घर जलेको हो । प्रहरीका अनुसार घरको भित्री भाग पुरै जलेर नष्ट भएको छ । टिनले छाएको माटो र ढुंगाले छाएको उक्त घर जलेको प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटना स्थलमा प्रहरी मुचुल्का भईरहेको छ ।

यता घरमा अन्तरजातिय विवाह भएका कारण घर जलाईएको हुनसक्ने आशंका गर्दै प्रहरीमा निवेदन परेको छ । प्रहरीमा २,३ जनालाई आशंका गर्दै निवेदन परेको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । घरधनी नेपालीका भाई मुकुन्द नेपाली र सोही गाउँकै बसन्तिले विवाह गरेका कारण केटी पक्षका आफन्तबाट घर जलाईएको हुन सक्ने आशंका गरिएको छ । यता केटीका वुवाले पनि छोरी हराएको भन्दै आवेदन दिएका प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्