OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगर,आषाढ १४, २०८० जुम्ला,
१५५ पटक

असार १४ गते । जुम्लाको चन्दननाथ र तातोपानी गाउँपालिकाले सुचना तथा संचारनिति ल्याउने भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले सुचना तथा संचार नितिका लागि दुई बर्ष अघि देखी पहल गर्दै आईरहेको समयमा चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले यस पटक घोषणा गरेका छन् ।

चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सिताराम खड्काका अनुसार यस पटक संचार निति ल्याईएको जानकारी दिनुभयो । उहाँले महांसंघको सूझाव नगरसभाले समेटेको बताउनुभयो ।

यता तातोपानी गाउँपालिकाले पनि सुचना तथा संचारनिति वनाउने भएको हो । प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतका अनुसार तातोपानीको निति कार्यक्रममा सूचना तथा संचार निति ल्याउने घोषणा भएको बताउनुभयो । एकिकृत रुपमा सूचना प्रवाह गर्न तथा सूचना र विज्ञापनलाई व्यवस्थित रुपमा अगाडि बढाउने उद्देश्यले सूचना निति वनाउन यस पटक पनि महासंघले पहल गरेको थियो । महासंघले जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकामा पत्रकारहरुलाई क्षमता विकास तालिम, संचार निति तथा नियमित सूचना प्रकाशन तथा प्रशारणका लागि पहल गरेको थियो ।

महासंघका अध्यक्ष नेत्रबहादुर शाहीका अनुसार पत्रकारहरुको क्षमता विकासका लागि समेत पहल भईरहेको छ, गाउँपालिकाले व्यवस्थित रुपमा संचार निति वनाएपछि संचार क्षेत्रमा काम गर्न सजिलो हुने देखिन्छ । यसले विज्ञापनमा समानुपातिक प्रणाली कार्यान्वयनमा जोड दिने भएको छ ।

यस पटक जुम्लाका सवै तहले असार १० गते नै निति कार्यक्रम ल्याएका छन् । जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ । यस्तै तातोपानी गाउँपालिकाले ४९ करोड, २७ लाख ३१ हजार २ सय, कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख ३७ हजार, हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।

 

प्रतिकृया दिनुहोस्