OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ १४, २०८०जुम्ला,
३५२ पटक

असार १४ गते । जुम्लाको हिमा गाउँपालिका ५ बाजाँगाड गाउँका सवै घरधुरीमा खानेपानी धारा पुरयाईएको छ । त्यस गाउाका १३६ घरधुरीमा पानी पुगेको स्थानीय सरकारले जानकारी गरेको छ ।

यूरोपियन यूनियन, फिनल्याण्ड सरकार र हिमा गाउँपालिकाकाबाट प्राप्त आर्थिक सहयोगबाट जुम्लाको हिमा गाउँपालिकाले सो गाउँपालिकामा एक घर एकधाराको परियोजना लागु गरेको थियो । सोही अनुसार काम सम्पन्न भएको हो ।

बाजागाडगाउँका सवै घर अर्थात १३६ घरधुरीमा धारा पुगेको स्थानीय सरकारले घोषणा गरेको छ । हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही र सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) परियोजना विज्ञ नारायणसिंह खवासले वादा खोला खानेपानी तथा सरसफाई आयोजनाबाट खानेपानी धाराको उद्घाटन गर्नु भएको छ ।
हिमा गाउँपालिका सुस्वा वास संयोजक सुमित्रा शाहीका अनुसार सो गाउँमा ९३९ जनसंख्या रहेको छ । उहाँका अनुसार वि.सं २०७९ फागुन ४ गते सम्झौता गरिएकोमा लक्ष्य अनुसार काम सम्पन्न भएको हो । शाहीका अनुसार फिनल्याण्ड सरकार र यूरोपियन यूनियनको रु ७६ लाख ७ हजार सात सय ८६ रुपैया १६ पैसा लगानीमा वाजागाडा गाउँका १३६ घरमा खानेपानीको धारा पुरयाईएको छ । सो खानेपानी आयोजनामा हिमा गाउँपालिकाको रु ७ लाख ६७ हजार ७ सय ८६, श्रमदान रु १४ लाख ५८ हजार सात सय ९४ रुपिया रहेको छ ।

हिमाको वाजागाड गाउँमा सवै घरमा पानी आएपछि स्थानीय खुशी भएका छन् । स्थानीय कृष्णबहादुर रोकायाले पहिले गाउँमा खानेपानीको कमी थियो । ७,८ वटा धारा थिए अहिले सवैघरमा धारा भएपछि खानेपानी प्रयाप्त भएको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष अलिबहादुर रोकायाका अनुसार सवै घरमा खानेपानका धाराको व्यवस्था गर्न कार्यक्रमका लागि सहयोग गर्ने नेपाल सरकार, हिमा गाउँपालिका र दातृ निकायलाई धन्यवाद दिनुभयो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खानोपानीको कमी भईरहेको वाजागाड गाउँमा यसरी सवै घरधुरीमा खानेपानी पुरयाउन सहयोग गर्ने नेपाल सरकार र सहयोगी निकायलाई धन्यवाद दिदै हिमाका सवै गाउँमा एक घर एक धाराको लागि काम भईरहेको बताउनु भयो । उपाध्यक्ष सुपर्ना शाहीले खानेपानी हिमाको पहिलो प्रथामिकता भएको बताउनुभयो ।
उहाँले सोही परियोजना अन्तरगत वडा नम्बर १ को बड्की गाउँ र वडा नम्बर ७ को डाडावाडाका सवै घरधुरीमा यस बर्ष पानी ल्याउने योजना रहेको हिमा गाउँपालिकाले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्