OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २९, २०८०
२६४ पटक

२८ जेठ २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभएको छ ।

आज नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साधन स्रोतले सम्पन्न कर्णालीको विकास र उन्नतिको लागि समृद्धिको अभियान थाल्ने नीति तथा कार्यक्रम ल्याईएको जनाउनुभयो । “कर्णाली सात प्रदेशमा गरिब छ,” उहाँले भन्नुभयो, “यद्यपि साधन स्रोतको उच्च प्रयोग हुन सके सिंगो राष्ट्रलाई पाल्ने क्षमता राख्दछ ।”

‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई मूल आधारमा बनाएको प्रदेश सरकारले कृषि र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने बताउँदै उहाँले प्रतिवर्ष यहाँका १० हजार बेरोजगार युवाहरुलाई रोजगार दिएर स्वरोजगार बनाउने नीति लिइएको बताउनुभयो । यसले प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच पुरा गर्ने उहाँले बताउनुभयो ।

कर्णालीमा वित्तिय संस्थाहरु नागरिक केन्द्रित हुन नसकेको उहाँले बताउनुभयो । यस सन्दर्भमा नागरिक लगानी कोषले विशेष ध्यान दिन आग्रह गर्नु भएका मुख्यमन्त्री शर्माले कर्णाली सरकार कोषको साथमा रहने जनाउनुभयो । उहाँका अनुसार कोष प्रदेश सरकारको सहयोगी बन्नेछ ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा.सूर्यबहादुर थापाले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताउनुभयो । कोषको शाखा कार्यालय सुर्खेत स्थापनाले नागरिकको पहुँच वृद्धि हुने र यसले कर्णालीको आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाई थियो ।

प्रतिकृया दिनुहोस्