OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०८०जुम्ला,
२४८ पटक

जेठ ४ गते । जुम्ला कनकासुन्दरी गाउँपालिका ६ निवासी अन्दाजी २० बर्षिय दानसरा पछाईको मृत्यूको आशंका गर्दै किटानी जाहेरी दर्ता भएपछि मृतका श्रीमान् रतिमान पछाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख धर्मराज जोशीका अनुसार मृतकका वुवा लक्ष रावतद्धारा किटनी जाहेरी दरखास्त लिई ज्यान सम्वन्धी कसुर मुद्दाका प्रतिवादी कनकासुन्दरी ६ निवासी ३० बर्षिय रतिमान पछाईलाई पक्राउ गरेको जानकारी दिनुभयो । रतिमान मृतक दानसराका श्रीमान् हुन् । रतिमानलाई प्रहरीले जेठ ३ गते दिउसो ३ बजे पक्राउ गरेको बताएको छ । प्रहरीले ३ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरेको जानकारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले जारी गरेको प्रेस विज्ञेप्तिमा मिति २०८० साल जेठ १ गते दिउसो २ बजेको समयमा जुम्ला जिल्ला तिला गाउँपालिका वडा नम्बर ७ बञ्चरे खोला स्थित तिला नदीमा छेउ किनारामा कनकासुन्दरी गाउँपालिका ६ वस्ने अन्दाजी २० की दानसार रावत (पछाई) को मृत लाश फेला परेको ज्यान सम्वन्धी कसुर मुद्दा अनुसन्धानको क्रममा लाश जाँच प्रकृति मुचुल्का सहित घटना अनुसन्धान कार्य गरिएको छ ।

प्रहरीका अनुसार मृतकको लाश पोष्टमार्टम गरी सदगतका लागि मृतकका सासु आमा चैती पछाईलाई सदगतका लागि बुझाईएको छ । श्रीमान्लाई प्रहरीले पक्राउ गरेपछि सासु चैतीले शव वुझेको प्रहरीको भनाई छ । मृतक दानसरा पछाईको दाहसंस्कार समेत गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्