OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख ११, २०८०जुम्ला,
१३३ पटक

११ बैशाख गते । जुम्लामा चौथो जुम्ला– रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ । चौथो म्याराथन प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नु भएकोछ ।

जुम्ला –रारा ४९ किलो मिटर दौड,पाँच किलो मिटर र एक किलोमिटर दौड प्रतियोगिता भएको छ । प्रतियोगिताको उद्धाटन गर्दै कर्णालीका मुख्यमन्त्री शर्माले कर्णालीको आर्थिक सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रर्बद्दन जरुरी रहेको बताउनु भएको छ ।
उहाँले कर्णाली समृद्दिको आधार मध्यको पर्यटन हो । पर्यटनलाई खेल क्षेत्रले प्रबर्दन गर्छ । उहाँले भन्नू भयो,“कर्णालीको पर्यटन प्रर्बद्दनमा अल्ट्रा म्याराथन कोशेढुंगा सावित हुने छ । कर्णाली सरकार खेल क्षेत्रको प्रर्बद्दन गर्न तयार छ ।“ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक छ ।

कर्णाली स्पार्ट क्लवले आयोजना गरेको सो कार्यक्रमको उद्धाटनमा जुम्ला पुग्नु भएका राष्टिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपुर्ण योगदानको प्रशंसा गर्नुभयो । जुम्ला रारा म्याराथन लगायत अन्य खेलहरुको प्रर्बद्दनमा टेवा पुग्ने उहाँको भनाई छ । परिषदले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअलेटिच्युट ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भईसकेको जानकारी दिनुभयो । उहाँले हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफु मात्रै नभएर थुप्रै खेलाडिहरु जन्माएकोमा गौरव भएको बताउनुभयो ।

जिल्ला वन डिभिजन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले ऐतिहासिक जुम्ला र रारा प्रकृतिले सुन्दर रुटमा रारा अल्ट्रा म्याराथुन प्रतियोगिता महत्वपूर्ण भएकाले कार्यक्रममा आउने मुख्यमन्त्री सहित सहित अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
४९ किलोमिटर दौड १२ महिला सहित ५१ जना, १ किलोमिटर दौडमा ८७ जना र पाँच किलोमिटर दौडमा १०७ जना खेलाडी सहभागी रहेका छन् । जम्मा करिब साढे २ सय खेलाडी प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा नेपाल मात्रै नभई विभिन्न मुलुकका खेलाडी जुम्ला आई आई पुगेको आयोजकले जनाएको छ । हरेक वर्ष कर्णाली स्पोर्ट क्लबले अल्टा रारा म्याराथनको आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्