OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ९, २०८०काठमाडौं
२०४ पटक

वैशाख ९ गते । चन्दनाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ ।

जिल्लामा संचालित ३ दिने निशुल्क शिविरमा मोतियाविन्दुका विरामीको सल्यक्रिया गरिएको आखा अस्पताल जुम्लाले जानकारी दिएको छ ।
शिविरका आठ सय २३ जनाको आँखा जाँच समेत भएको आयोजकले जानकारी दिएको हो । वैशाख ५ गते तीन दिन सम्म संचालन भएको शिविरमा पहिलो दिनमा ९३, दोस्रो दिनमा एक सय ११६ र तेस्रो दिनमा ३२ जनाको अप्रेशन भएको भएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले जानकारी दिनु भयो ।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरिएको छ ।
नेत्ररोग विशेषज्ञ डा.सन्तोष सुबेदी र डा. विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको शिविरमा जुम्लाका ६ पालिका सहित छिमेकी जिल्ला कालिकोट वाट समेत बिरामी आएका थिए ।

नेपाल नेत्र ज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर बस्नेतका अनुसार जुम्लामा लामो समय देखी नेपाल नेत्र ज्योति संघले मोतियाविन्दुका विरामीको उपचार गर्न पाउद खुशी व्यक्त गर्नुभयो । बस्नेत सँगै ज्येष्ठ नागरिकको टिम लामो समय देखी शिविर संचालन गरेर सेवा दिईरहेको छ । ज्येष्ठ नागरिक कालिबहादुर महतले आखा शिविर मानवीय सेवा भएकाले जुम्लामा सचालन गर्दै आईरहेको बताउनुभयो । यसका साथै निशुल्क आखाँ शिविर सिंजा क्षेत्रको कनकासुन्दरीमा संचालन गरिने भएको छ । सिंजाको कनकासुन्दरीमा वैशाख ९ र १० समेत निशुल्क शिविर हुने भएको छ ।

प्रतिकृया दिनुहोस्