OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख ९, २०८०जुम्ला,
४२३ पटक

जुम्ला, दुई महिना देखी नेकपा माओवादी केन्द्र गाउँस्तरमा केन्द्रीत भएको छ । माओवादी केन्द्रले गाउँस्तरका कार्यक्रम पछिको स्थानीय तहगत रुपमा यूद्धकालिन झल्को दिनेगरी विशाल जनसभा, देउडा प्रतियोगित तथा पञ्चेवाजा नाच गर्दै आएको छ ।

नेकपा माओवादी जुम्लाको तालिका अनुसार वैशाख ४ गते कनकासुन्दरी गाउँपालिका, वैशाख ५ गते सिंजा गाउँपालिका, वैशाख ६ गते हिमा गाउँपालिका, ७ गते तिला गाउँपालिका, ८ गते तातोपानी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज नरेश भण्डारीका अनुसार स्थानीय तहमा पार्टी सुदृढ अभियान अन्तरगत नेता कार्यकर्ता सवैलाई सहभागी गराएर देउडा मार्फत जनचेतनामुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा पञ्चेवाजा सहित विभिन्न कार्यक्रमहरु समेत गरिएका छन् ।

तातोपानीमा सम्पन्न जनसभा तथा देउडा प्रतियोगितामा ईन्चार्ज भण्डारीले माओवादी आन्दोलनले काठमाण्डौको सिंहदरवारको झण्डा गाउँमा फहराई दिएको बताउनुभयो । उहाँका अनुसार यसको प्रतिफल स्थानीय सरकार गाउँमा स्थापित भएको छ । उहाँले अहिले पनि एकात्मक राज्यलाई मनपराउने प्रतिक्रियावादी हुन भन्दै अहिले गाउँमै सिंहदरवार स्थापना हुनु नागरिकका लागी ठूलो उपलब्धी भएको जोड दिनुभयो । ईन्चार्ज भण्डारीले गणतन्त्र र राजतन्त्रको भिन्नताका बिषयमा राम्रो सँग बुझ्न अनुरोध गर्नुभयो ।

उहाँले  गणतान्त्रान्त्रिक व्यवस्थाको प्रयोग गरेर प्रचण्डलाई हत्यारा भन्ने हर्कत गर्ने ज्ञानेन्द्रलाई संसदमा राजा ज्ञानेन्द्रको वंशनास कसले गर्यो भनेर प्रश्न सक्ने क्षमता छ र ? ईन्चार्ज भण्डारीले जुम्लाको विकासको कसैले विकासको नेतृत्व गर्छ भने माओवादीले गर्छ र गरेको दावी गर्नुभयो । उहाँले संचार क्षेत्रको फड्को यति धेरै मार्नु, गाउँ गाउँमा वाटो वन्नु लगायतका स्थानीय स्तरका विकास गणतन्त्रले ल्याएको दावी गर्नुभयो । उहाँले यस पटक जनसभा, देउडा र पञ्चेवाजा सिंजा सभ्यताको संरक्षण र माओवादीको वास्तविक झझल्को दिने गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र जिल्ला संयोजक विरवहादुर कुँवरले जुम्लामा विकास समृद्धिको नेतृत्व गर्ने बताउदै गणतन्त्र प्रति कसैले प्रहार गर्छ भने त्यो दिवा सपना देखेको बताउनुभयो । उहाँले गणतान्त्रिक व्यवस्थाका लागि धेरैको वलिदानी समेत भएकाले यसमा हेलचेक्राई कसैले गर्छ भने माओवादी टुलुटुलु हेरेर नवस्नेमा चेतावनी दिनुभयो । संयोजक कुँवरले पार्टीभित्र पनि एक अर्कामा कमीकमजोरी भएमा सुधार्नुपर्ने बताउदै माओवादी एक मत भएर व्यवस्थाको रक्षा गर्न आवश्यक रहेको छ ।

पछिल्लो समय जुम्लाका गाउँ क्षेत्रमा माओवादीको अभियान र कार्यक्रको वाक्लो उपस्थितिले माओवादी सुदृढतिर लागेको नेताहरु बताउछन् । माओवादीले जुम्ला सदरमुकाममा कर्णाली प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल, अध्यक्ष विमला केसी, ईन्चार्ज भण्डारी सहितका नेताहरुको उपस्थितिमा सुदृढ अभियान टिका लगाएर शुरु गरिएको थियो ।

जिल्लामा यूद्धकालिन सदरमुकाम पोखरीबाट ७ बुद्धे घोषणा पत्र जारी गर्दै शुरु गरेको अभियान, जुम्ला ६० वटा वडा देखी केन्द्र सम्म कमाण्डर खटाएर विकास र समृद्धिको माग पेश अभियान सम्पन्न गरेको छ । माओवादीले यूद्धकालिन समयमा ज्यान गुमाउने सहिदका नाममा अभियान चलाएको छ ।

 

पछिल्लो पटकको स्थानीय तहको खस सस्कृति झल्काउने जनसभा, देउडा प्रतियोगिता कार्यक्रम अन्तरगतको अभियानमा माओवादी केन्द्र जुम्लाले शनिवार वैशाख ९ गते चन्दननाथ नगरपालिका, १० गते पातारासी गाउँपालिका जनसभा तथा देउडा कार्यक्रम गर्नुका साथै स्थानीय तहमा जनसभा र देउडा प्रतियोगिताको आयोजना गरेर वैशाख ११ गते गुठिचौरको झारज्वालामा पार्टीको जनसभा, मिलन, पुर्नमिलन, अभिनन्दन तथा ईतिहास विमोचन कार्यक्रम गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्