OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र २७, २०७९ जुम्ला,
२५४ पटक

चैत २७ गते । संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले ठूला पार्टीको व्यवहारका कारण जुम्लाबाट ताना शाहको जन्म भएको बताउनु भयो । उहाँले जुम्लाका सासंद ज्ञानबहादुर शाहीलाई लक्षित गर्दै राजनैतिक प्रतिगमन शुरु भएको र ढलिसकेको राजतन्त्रको प्रतिनिधत्व र तानाशाह उदाएको आरोप लगाउनु भयो । नव बर्ष २०८० सालको पुर्वसन्ध्यामा रेडियो खुला आकाशले जिल्लामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाले आज जनताका छोरा छोरी राजकीय पदमा पुग्ने व्यवस्था संघीयता ल्याईएको हो । अहिले ठूला पार्टीको व्यवहारले जुम्लाले राप्रपालाई जिताउनु दुभाग्य भएको बताउनुभयो ।

उहाँका अनुसार संघीयताले सिंहदरवार गाउँमा पुगेको महत्वपुर्ण भएको बताउनु भयो । उहाँले स्थानीय सरकारको अधिकार धेरै भएकाले स्थानीय तहले अधिकारको सदउपयोग गर्न अनुरोध गर्नुभयो । संविधानसभाका सदस्य काफ्लेले संघर्ष गरेर फालिसकेको राजतन्त्र विउताउने प्रयास कुनै पनि हालतमा राम्रो नभएको भन्दै व्यवस्था विरोधी गतिविधीको चिरफार गर्न पत्रकारहरूले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मिडिया सुतेमा देश सकिने भन्दै चनाखो हुन अनुरोध गर्नुभयो ।

संविधानसभाका सदस्य काफ्ले २०७० सालमा नेपाल मजदुर किसान पार्टीबाट समानुपातिक सांसद हुदा रेडियो खुला आकाश जन्माएका थिए । प्रदेशसभा सांसद देवेन्द्रबहादुर शाहीले विकास के आवश्यक छ, वडातहबाट आएका योजनामा जोड दिईनुपर्ने बतनउनु भयो । उहाले आफु जिल्लाको प्रथामिकताका बिषयमा मात्रै योजना अगाडि सार्ने बताउदै यो बिषयमा सुझाव दिन अनुरोध गर्नुभयो ।

शुभकामना कार्यक्रममा पाताराशी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह वोहराले संचार माध्यामले स्थानीय तहका सम्भावनालाई उजागर गर्ने गरि समाचारमा थप प्रथामिकता दिन अनुरोध गर्नु भयो । उहाँले सिंजा सभ्यता, विश्वको उच्च स्थानमा धान फल्ने छुमचौर जस्ता स्थानको प्रचार प्रसारमा जोड दिनुपर्ने सझाव दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मिडियामा लगानी सम्पति र दिगो भएको भन्दै कर्णालीमा जन्मिएका संचार माध्याम र पत्रकारको संघर्ष महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्