OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,चैत्र २६, २०७९जुम्ला,
२२० पटक

चैत २६ गते । नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले कर्णाली पत्रकारिता क्षेत्रकै संघर्षका विम्ब भएको बताउनुभयो । जुम्लामा प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका स्थानीय संयोजनमा गरिएको पत्रकार आचार सहिँता जागरण कार्यक्रममा अध्यक्ष पोख्रेलले कर्णाली वास्तविक पत्रकारिताको विम्ब भएको बताउनुभयो ।उहाँले कर्णालीमा जुम्लाका पत्रकार रत्नाकर देवकोटा देखी अहिले सम्मको पत्रकारिता हेर्दा निकै कठिन अवस्थाबाट अगाडि बढेको भन्दै कर्णालीले पत्रकारिताको बिम्ब दिदै आएकोमा जोड दिनुभयो ।

उहाँले जुम्लामा पत्रकारहरु सँगको सो कार्यक्रममा नेपालमा अन्य वनेका कानूनहरुरु सहजै कार्यान्वयनमा आउने तर पत्रकारिता सवालका कानूनहरु कार्यानवयन हुन कन्चस्याई भएको विडम्वना रहेको बताउनुभयो । अध्यक्ष पोख्रेलले प्रेस वलियो भए राज्य बलियो हुने भन्दै तिनै तहका सरकारलाई महासंघले निरन्तर पैरवी गर्दै आएकोमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले जिल्लामा आउदा पत्रकारले उठाएका जिज्ञासा उचित भएको भन्दै सुधानुपर्ने कुरामा जोड दिन आवश्यक रहेको भन्दै महासंघ लगायतका निकायका कार्यक्रम काठमाण्डौंबाट जिल्ला वाहिर कार्यक्रम गर्नुपर्छ । उहाँले पत्रकारिता क्षेत्रको जुम्ला पनि उर्वरभुमि रहेको भन्दै यहाँको चुनौतिलाई छिचौल्दै अगाडि बढाउन आफ्नो साथ हुनेछ । उहाँले पत्रकारले पत्रकार पेशामै टिक्न सकेनौ भन्ने पत्रकारिता राम्रो हुदैन । उहाँले पारिश्रमिक निर्धारण समिति २,२ जनाको पारिश्रमिक निर्धारण तथा अनुगमन गर्ने अधिकार रहेपनि लागुमा चुनौति रहको छ । समितिको साधन स्रोत र कानूनी अधिकार कमी भएकाले समस्या भएको छ । अव तहगत रुपमा पारिश्रमिक बढाउने प्रयास भएकोमा उहाँले जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य दिपक पाण्डेले प्रेस काउन्सिल नेपालको कार्ययोजना अनुसार जुम्लामा कार्यक्रम गर्न सकिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलले अनुगमन तथा नियमन समेत गर्ने गरेको बताउनुभयो । उहाँले पत्रकारले के के लेखेका छन् , अनुगमन तथा परेका उजुरी हेर्ने काम प्रेस काउन्सिलको हुने गरेको जानकारी दिनुभयो । उहाँले मिडिया सामग्री छुट दिने गरेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले हाम्रो समाज र हाम्रो कामले अहिले नैतिकता र ईमान्दारीता घट्दै गएको हो कि भन्ने महशुस हुन थालेको छ । उहाँले पत्रकारितामा समेत नैतिकता र ईमान्दारीताले काम गर्नेमा जोड दिनुभयो । नैतिकता र ईमान्दारीताले नै शान्ति दिने काममा जोड दिने बताउदै सूझाव दिनुभयो । प्रजिअ घिमिरेले वुद्धको देशमा शान्ति महत्वपूण रहेकोमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले पत्रकारिता क्षेत्र समाजको सवैको बलियो खम्वा भएकाले पत्रकारका मुद्दामा एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीमा पत्रकारलाई दैनिक छाक टार्न पनि कठिन हुने अवस्था भएकाले उचित पारिश्रमिक पाउनुपर्ने बिषयमा ध्यान दिन महासंघ र पारिश्रमिक निर्धारण समितिले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

यसैगरी प्रेस काउन्सिल नेपालका प्रवक्ता दिपक खनालले पत्रकार आचाँर सहिता, यसको ईतिहास, मिडिया कानून र नेपालको अवस्थाका बिषयमा प्रस्तुति गर्नु भएको थियो । प्रस्तुतीमा रही जुम्लाका पत्रकारहरुले यहाँको अवस्था र समस्याका बिषयमा सुझाव दिएका थिए । प्रवक्ता खनालले आचार सहिता उलंघन पनि धेरै हुने भएकाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यस बर्ष काउन्सिलमा आचार सहिँता बिषयका १४० उजुरी परेका थिए ।
पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले संघीयता मिडियामा नआएको महशुस भएको भन्दै दुर्गमका पत्रकारलाई क्षमता अभिबृद्धि, विज्ञापन प्रोत्साहन, सम्मान सहित सेवा तल्लो तहमा पाउने संरचनाको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
उपाध्यक्ष दिलमाया शाहीले प्रेस काउन्सिल तथा महासंघले बितरण गर्ने पुरस्कार साविक कर्णालीमा बढाउन तथा क्रियाशिल पत्रकारलाई दिने व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले महिला पत्रकारहरुलाई टिकाई राख्ने योजना ल्याउन केन्द्रीय महासंघलाई अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भिम कसिंगरले कर्णालीको पत्रकारिता फरकनै भएकाले अनुदानका कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । पत्रकार कृष्णमाया उपाध्यायले लामो समय देखी ज्यालादारी रुपमा काम गरिरहेका पत्रकारलाई तलवी बनाईनुपर्नेमा जोड दिनुभयो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले दुर्गमको पत्रकारिता क्षेत्र नागरिककै आशाको केन्द्र भएकाले पत्रकारिता क्षेत्र बलियो वनाउन पारिश्रमिक र क्षमता अभिबृद्धिको बिषयमा ध्यान दिन महासंघ र पारिश्रमिक निर्धारण समिति, प्रेस काउन्सिललाई अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र पारिश्रमिक निर्धारण समितिको टोलीले संयूक्त रुपमा जुम्ला शाखाको अनुगमन समेत गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्