OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

स्ववियू निर्वाचन जुम्लामा चहल पहल, तयारी पुरा

विहान ८ बजेदेखी ४ बजे सम्म मतदान :

नेत्र शाही,चैत्र ४, २०७९ जुम्ला ।
११९३ पटक

चैत ४ गते, आईतवार अर्थात चैत्र ५ गते त्रिवि अन्तरगतका आगिंक क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुने भएको छ । त्रिविविको निर्वाचन तालिका अनुसार जुम्ला बहुमुखी क्याम्पसले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको जानकारी गरेको छ । निर्वाचनमा भने अहिले निकै चहल पहल भएको छ ।

साविक कर्णालीको मुकाम जुम्ला खलंगामा अवस्थित जुम्ला वहुमुखी क्याम्पसमा निर्वाचन वाहेक अन्य सवै तयारी पुरा भएको हो । क्याम्पस प्रमुख डाक्टर ओम प्रकाश आचार्यका अनुसार निर्वाचनका लागि क्याम्पस सहायक प्रमुख प्रकाश चन्द्रखत्रीको संयोजकत्व ७ सदस्यीय निर्वाचन समिति वनाई काम भईरहेको जानकारी दिनुभयो ।

स्ववियू निर्वाचन समितिका संयोजक प्रकाशचन्द्र खत्रीका अनुसार निर्वाचन वाहेकका ११ चरणका काम पुरा भईसकेका छन् । उहाँका अनुसार संघ संगठन समुह दर्ता, मतदाता सूची प्रकाशन, दावी विरोध, दावी विरोध छानविन, उम्मेदवारको मनोनयन दर्ता, प्रत्यक्ष र समानुपातिक नामावली, उम्मेदवार उपर दावी विरोध, छानविन तथा प्रकाशन, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको छ । भोलि हुने निर्वाचनको सुरक्षा विषय लगायतको सवालमा समेत वैठक सकिएको छ । सुरक्षा निकाय, निर्वाचन समिति र विद्यार्थी संगठन बसेर आचारसर्हिता समेत तयार गरिएको छ ।
जुम्ला स्ववियू निर्वाचनमा अहिले विभिन्न ८ वटा विद्यार्थी संगठन भिड्ने भएका छन् । बहुमुखी क्याम्पसका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्वयिू, अखिल क्रािन्तकारी, राष्ट्यि प्रजातान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियू समाजवादी, नेक्राविसं, अखिल क्रान्तिकारी विप्लव सि र स्वतन्त्र विद्यार्थी समुह रहेका छन् । सभापतिमा भने ५ जना मैदानमा भिड्दैछन् । अखिल क्रान्तिकारी संयूक्तबाट बिष्णुबहादुर भण्डारी, नेविसंघका तर्फबाट महेश हमाल, अनेरास्वयिूवाट लोकेन्द्र बुढा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीबाट हरि थापा, र अखिल क्रान्तिकारी विप्लव (सि) रमेश रावत विक्रान्त सभापतिका उम्मेदवार रहेका छन् ।

निर्वाचन समितिका अनुसार अन्तिम सम्म परिचयपत्र लिने काम भईरहेको छ । निर्वाचन चैत ५ गते विहान ८ बजे देखी ४ बजे सम्म हुने भएको छ । निर्वाचनको अन्तिम सम्म विद्यार्थी संगठनले सहयोग गरेको र शान्त वातावरणमा काम भईरहेको निर्वाचन समितिले जनाएको छ । धेरैपछि स्ववियू निर्वाचन हुदा विद्यार्थी पनि खुशी भएका छन् । अखिल क्रान्तिकारी स्ववियू सभापतिका उम्मेदवार विष्णुबहादुर भण्डारीले स्ववियूले क्याम्पसको हरेक पक्षको विकास हुने भएकाले चहलपहल बढेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्