OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ३, २०७९जुम्ला,
३१७ पटक

यस वेला स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनले सरगर्मी बढेको छ । चैत ५ गते निर्वाचनका लागि त्रिविवि क्याम्पस अन्तरगतका क्याम्पसमा निर्वाचन हुदैछ ।

क्याम्पसमा विद्यार्थी संगठनले विभिन्न प्रतिवद्धता जारी गरेका छन् । जुम्ला बहुमुखी क्याम्पसको विकास ÷ स्तरोन्नतीका लागि भन्दै सभापतिका उम्मेदवार विष्णुबहादुर भण्डारीको नेतृत्वमा रहेको अखिल(क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको साझा प्रतिबद्धता पत्रमा जुम्ला क्याम्पसमा एलएलवि, एमविएस संचालनमा ल्याउदै गुणस्तरीय, बैज्ञानिक, रोजगारमुलक र जीपनोपयोगी शिक्षाको व्यवस्था गर्ने सहितका प्रतिवद्धता सार्वजनिक गरेको हो ।

सभापतिका उम्मेदवार बिष्णुबहादुर भण्डारी नेतृत्वको अखिलको साझा प्यानललाई अत्यधिक बहुमतले विजयी गराऔं भन्ने मुलनारा सहित सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको पहल गर्ने, क्याम्पसको भौतिक पुर्वाधार विकास तथा अध्ययन अध्यापनमा उच्च प्रविधिको प्रयोग गर्न, कम्तिमा एउटा विषयमा खसभाषाबाट पठन पाठनको व्यवस्था गर्ने बताएको छ ।
अखिल क्रान्तिकारीले आवश्यकता अनुरुपको पाठयक्रम निर्माणको पहल गर्ने, शैक्षिक क्षेत्रमा देखा परेका विकृति, विसंगती र माफियाकरणको अन्त्य गर्न विज्ञान प्रविधिको चमत्कारिक विकासबाट लाभान्वित नभई ज्ञान संकुचित हुने वास्तविकतालाई हृदयंगम गर्दै समग्र क्याम्पसको डिजिटाइजेसन गर्न घोषणापत्रमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले आफुले नेतृत्व लिएमा अनलाइन माध्यमबाट आवेदन, भर्ना, शुल्क, शैक्षिक गतिबिधि लगायतका गतिविधिहरुलाई कार्यान्वयन गर्ने, भर्ना लगायत समग्र शैक्षिक क्यालेन्डर निर्माण गरी अनिवार्य कार्यान्वयन गर्ने, ई पुस्तकालयको स्थापना गर्न, प्रयोगशाला निर्माण गर्ने, शिक्षालाई शुलभ बनाउन तथा आम विद्यार्थीहरुको पहुँचमा पुर्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरेर शैक्षिक कल्याणकारी कोष स्थापना गर्ने छ ।

यसैगरी नविन ज्ञान, बैज्ञानिक शिक्षण प्रद्धतिसँग सम्बन्धित अनुभव आदान प्रदान गर्न स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुसँग भाइचारा सम्बन्ध स्थापित गर्न,अखिल क्रान्तिकारी नेतृत्वको प्यानलले परिक्षा प्रणालीलाई व्यवस्थित, बैज्ञानिक र प्रविधिमैत्री बनार्उइने, क्याम्पसमा नियमित पठनपाठन तथा नतिजा प्रकाशनको आवधिक क्यालेण्डर निर्माण र कडाइपुर्वक कार्यान्वयनको पहल गर्न । शैक्षिक प्रमाणपत्रहरु क्याम्पसबाटै उपलब्ध गराउने व्यवस्था गर्न । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नियमित स्वास्थ्य परिक्षण तथा विभिन्न नकायहरुसँगको समन्वयमा स्वास्थ्य विमाको व्यवस्था गर्ने, क्याम्पसमा प्राथमिक उपचार कक्षलाई व्यवस्थित गराउनुका साथै निशुल्क सेनिटरी प्याड उपलब्ध गर्नका लागि उम्मेदवारी दिईएको हो ।

६० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुका साथै मौलिक हकको संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नका लागि नेतृत्व गर्ने बताएको छ । अखिलले निशुल्क ट्युसन क्लास, ब्रीजकोर्ष र लोकसेवा तयारी कक्षाको लागि समन्वय गरिने, विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्न, कलेजमा करिअर परामर्श इकाई सञ्चालनमा ल्याउने, पढदै कमाउदैको अवधारणा कार्यान्वयनमा ल्याउन मुर्त पहल गर्न, सुविधा सम्पन्न व्यवस्थित छात्रावासहरुको व्यवस्था गर्न, प्रमाणपत्र धितो राखी ऋण दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयनको अगुवाई गर्न, कलेजमा हुने बाह्य अशैक्षिक हस्तक्षेपको अन्त्य गर्ने बताएको छ ।

यस पटक पनि नेतृत्व लिन्छौ :बिष्णुबहादुर भण्डारी ,
स्वतन्त्र निर्वाचन यस पटक पनि अखिल क्रान्तिकारीले जित्ने दावी गरिएको छ । संगठन सुदृढ तथा आगामी भावी शैक्षिक एजेण्डामा आफु निकटको स्ववियू निर्वाचनमा होमिएको टिम भएकाले आफ्नो प्यानल जित्ने सभापतिका उम्मेदवार भण्डारी बताउनु हुन्छ । उहाँले अहिले सरकार पनि माओवादीको नेतृत्वमा भएकाले केही काम गर्न सकिने बताउनुभयो । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले यस भन्दा अघिल्लो २०६५ को निर्वाचन गोपाल बहादुर रोकायाको नेतृत्वमा बिजय हाशिल गरेको थियो ।

विण्णुबहादुर भण्डारी नेतृत्वको संयुक्त प्यानलमा सचिवमा जयकृष्ण जैसी, कोषाध्यक्षमा मेगराज देवकोटा, सदस्यमा आशिष कार्की, रणबहादुर रोकाया, रामप्रसाद वोहरा, विनोद भण्डारी मैदानमा उत्रेका छन् । सो प्यानलमा समानुपातिक तर्फ उपसभापतिमा आशिष बुढा, सहसचिवमा तारा विष्ट, सदस्यहरुमा सुरक्षाखत्री, जानदेवी बस्नेत, राजकुमार सुनार, मेनका बिष्ट, दिपेन्द्र भण्डारी, गिता बुढा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्