OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २८, २०७९जुम्ला,
२८१ पटक

फागुन २८ गते । जुम्ला तातोपानी गाउँपालिका ७ वारागाउँकी मनमाया रावत अहिले सिलाईकटाई गरेर जिविकोपार्जन गर्न व्यस्त छन् । मनमायालाई केही बर्ष पहिले सिलाई कटाई तालिमबाट शिप सिक्ने ईच्छा थियो ।

आफ्नै लगानीमा ४५ दिनको तालिम सिक्नुभयो । शिप सिकाईमा केही अभाव भएको थियो । तातोपानी गाउँपालिकाले लिएको सिलाईकटाई स्तरउन्नति तालिममा उहाँले फेरि सिक्ने अवसर पाउनुभयो । अहिले गाउँमै सिलाईकटाई गरिरहनु भएको छ ।
मनमाया जस्तै तातोपानी ७ ताम्तिकी हरिकला रावतले अहिले ४५ दिने तालिमबाट आधारभुत कपडा सिलाउने ज्ञान भएको र अव व्यवसायिक रुपमा घरमै पशल राख्ने तयारी गरिएको बताउनुभयो ।

मनमाया र हरिकला जस्तै बारागाउँ, ताम्ति, सुर्की र सर्मीका २२ जना महिलाहरुलाई गाउँपालिकाद्धारा स्तरउन्नति तालिम दिईएको छ । उनिहरुले गाउँमै पशल स्थापना गरि काम गरिरहेका छन् । तानोपानी गाउँपालिकाले दिईएको सिलाईकटाई शिप विकास तालिमबाट महिलाहरु व्यवसायी वन्न थालेका उनिहरुलाई गाउँपालिका उपाध्यक्ष रेवति रावलले प्रमाणपत्र तथा ११ वटा मेशिन तथा २२ वटा आईरन हस्तान्तरण गर्नु भएको छ । उहाँले महिलाहरुको विकास चेतना सँगै उद्यमशिलता महत्वपूर्ण भएकाले लगानी गरिएको जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा उहाँले जनतासँग उपाध्यक्ष कोषबाट ११ वटा आधुनिक ईन्टरलक मेशिन उपलब्ध गराईएको छ । उनिहरुले व्यवसायीक वन्नका लागि दोस्रो पटक ४५ दिने शिप विकास स्तरउन्नति व्यवसायीक तालिम व्यवसायतिर लागको हुन् । तातोपानी गाउँपालिका लघुउद्यम विकास कार्यक्रम अन्तरगत तातोपानी ७ को सुर्की, सर्मी, वारागाउँ र ताम्तिका २२ जना महिलाहरुलाई ४५ दिने तालिम दिए पछि उनिहरु अहिले व्यसायीक रुपमा अगाडि बढ्न तयारी गरिरहेका छन् ।

सहभागी पशुपति रावतले पहिला सामान्य कपडा सिलाउन पनि कुडारी र बजार जानुपर्ने वाध्यता अव हराएको छ । उनिहरुले अहिले गाउँमै विद्यालय पोषाक, चोला, कुर्ता शुरुवाल, भोटो म्याक्सी लगायतका कपडा सिलाउने गरेका गरिवि निवारण लघुउद्यम विकास कार्यक्रम तातोपानीका बरिष्ठ उद्यम विकास सहजकर्ता हरि कामीले जानकारी दिनुभयो । उहाँका अनुसार जनता सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत दुई लाख पचाँस हजारका मेशिन वितरण गरिएको छ ।

शिप सिकिसकेका दुईजना महिला वरावर एक ईन्टरलक मेशिन उपलब्ध गराईएको उपाध्यक्ष रावलले बताउनुभयो । ४५ दिने तालिमका लागि शिप विकास तालिमका लागि गाउँपालिकाको लघुउद्यम विकास कार्यक्रम (मेडपाले) सहयोग गरेको र यसको खर्च रु ४ लाख १० हजार रुपैया लागेको छ । मेशिन सहयोग भएपछि अव थप व्यवसायीक हुने उनिहरुले बताएका छन् ।

क्याप्सन : तातोपानी ७ जुम्लाको सुर्कीमा कपडा सिलाउदै महिलाहरु तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्