OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २८, २०७९जुम्ला,
२२० पटक

जुम्ला, फागुन २८ गते । जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमान्को कुटाइबाट श्रीमतिको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर मृत्यू भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार श्रीमान्ले कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको बताउनु भयो ।

उहाँका अनुसार मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको छ । अहिले सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वताउनुभयो । ’प्रारम्भिक बयानमा श्रीमान्ले कुटपिट गर्दा बेहोस ममता भएको बताईको छ । वेहोस भएपछि घरमा सुताएको त्यसपछि मृत्यू भएको छ ।

घटना थाहा पाएपछि प्रहरी शनिवार घटनास्थलमा पुगेको थियो । । शवको प्रकृति हेर्दाखेरी ५,६ दिन अघि देखी नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ । प्र्रहरीका अनुसार ‘शव कुहिसकेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्