OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २३, २०७९जुम्ला,
२२८ पटक

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्ला निकट भातृ संगठनले नेपाल सरकारलाई ज्ञापन पत्र पठाएर खवरदारी गरेका छन् ।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र पठाएर ध्यानाकर्षण गराएका हुन । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् । नेकपा माओवादी केन्द्र जुम्लाका माओवादी निकट वाइसिएल जुम्ला, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ, अनेरास्वयिू क्रान्तिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल महिला संघको संयूक्त टोलीले ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापन पत्रमा भनिएको छ, मुलुक संविधान सभाको निर्वाचन पश्चात नयाँ संविधानको निर्माण, संविधान अनुसार दोस्रो पटकको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन ०६९ सम्पन्न भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार निर्माण भई यतिबेला देश राष्ट्रपतिको निर्वाचनको संघारमा छ ।

ज्ञापन पत्रमा अहिले सरकारको प्रमुख दायित्व शान्ति, विकास, समृद्धि र सुशासनमा कायम गर्नु हो । गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्य निष्कर्षमा पुर्याउन पर्ने बेलामा केही अबान्छित तत्व सक्रिय भएकोले गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ ।

उनिहरुले षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाका सुदृढकरणका लागि सरकार समक्ष माग गरिएको हो ।

देशमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालिन सरकार र माओवादी बीच भएको १२ बुदे समझादारी, विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका विरुद्ध चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । द्धोन्दकालिन घटनाका पीडित नागरिक र उनका परिवारलाई न्याय दिन आवश्यक विद्येयक निर्माण गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्वन्धी आयोग मार्फत संक्रमणकालिन न्याय निरुपण गर्न माग गर्दछौँ । जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने योद्धालाई राष्ट्रिय सहिद घोषण गर्न र तिनका परिवार सम्मानित वातावरणमा बाच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापन गर्न माग गरिएको छ ।

देश अर्थतन्त्रको चरम संकटमा छ । जसका कारण साना ठुला उद्यमी व्यापारी दिनदिनै धरापमा परिरहेका छन् । विस्थापित भईरहेका छन् । वित्तिय संघसंस्थाबाट निम्त्याएका समस्याहरु गम्भीर छन् ।
ऋणिहरुलाई अनावश्यक दवाव सिर्जना गर्ने घरबार विहिन बनाउने, आत्महत्या जस्ता जघन्य अपराध दुरुत्साहन गर्ने कार्य भईरहेको छ । अर्थतन्त्रको संकट घडीमा मिटरव्याजी सल्बलाईरहेको अवस्थामा तिनलाई रोकथाम तथा नियन्त्रण गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकारका विभिन्न निकायमा भईरहेको भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम तथा नियन्त्रण गरी सुशासन कायम गर्न ध्यानाकर्षण गरिएको वाईसिएल नेपाल जुम्लाका संयोजक हरिकृष्ण रावतले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्व अदालतमा रिट दर्ता भएपछि आन्दोलनको शुरुवाति हुन थालेको छ । वाईसिएल रावतले शान्ति प्रक्रिया भड्काउने काम गर्ने जोसुकै विरुद्ध खवरदारी गर्ने बताउनुभयो । ज्ञापन पत्र वुझाउदै भातृ संगठन प्रमुखहरुले उनिहरु सच्चियन भने आन्दोलनको आधि हुरी ल्याउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्