

फागुन २२ गते । मुगाल समुदायबाट समानुपातिक सांसद हुनु भएका जुम्लाका छिरिङ ल्हामु लामा ( तामाङ) लाई गृह जिल्लामा विभिन्न क्षेत्रबाट स्वागत गरिएको छ ।
समानुपातिक सांसद भएपछि उहाँ जिल्लामा पहिलो पटक फर्किएपछि जिल्लाका आठवटा स्थानीय तह देखी मुगाल समुदायले सम्मान र स्वागत गरेका छन् । मुगाल समुदायबाट पहिलो सांसद भएपछि सो समुदायमा उत्साह हुनुका साथै आफ्ना मागहरु अगाडि बढाएका हुन । अधिकांशले उहाँलाई कर्णाली राजमार्गलाई स्तरबृद्धि गर्न अनुरोध गर्नुभयो ।
सांसद लामा गृह जिल्ला जुम्लामा फर्केपछि सहिद परिवार, सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर जिल्लाको विकासको अवस्था र नागरिकबाट सूझाव संकलन समेत गर्नु भएको छ ।
उहाँले एक हप्ते सुझाव संकलन सकिएर पत्रकार भेटघाट मार्फत आफु मुगाली समुदायबाट सांसद भएपछि जिल्लाले गरेको अपेक्षा, माया र प्रेरणाले आफुलाई ऋणि वनाएको बताउनुभयो । उहाँले एक हप्ते सूझाव संकलन गरेर आफु काठमाण्डौ फर्किएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाले गरेको पत्रकार भेटघाटमा उहाँले मुगाली समुदायबाट यो तहमा पुरयाउने नेकपा माओवादी पार्टी जुम्ला देखी केन्द्रलाई हार्दिक धन्यवाद दिनुभयो । पत्रकार भेटघाटमा उहाँले जिल्लाका सवै तहमा एक फन्को लगाएर विकासको सवाल, नागरिकको प्रयाप्त सुझाव लिईएको बताउनु भयो ।
उहाँले आफुले छोटो समयमा आठै तहमा जिल्लामा उपलब्ध स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासन सहित जिल्ला स्तरमा कर्मचारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सहित विभिन्न क्षेत्र सँग छलफल तथा सुझाव संकलन गरिएको जानकारी दिनुभयो ।
कर्णाली राजमार्ग गौरवको आयोजना हुनुपर्ने :
उहाँले आफुले जिल्लाको सुझाव लिएपछि कर्णाली राजमार्गलाई गौरवको आयोजनामा राख्न आफ्नो पहिलो प्रथामिकता हुने बताउनुभयो । कर्णालीको जीवन रेखाको रुपमा रहेको उक्त कर्णाली राजमार्गलाई दुई लेनको सड्क वनाउन आवश्यक रहेको भन्दै आगामी बजेटमा पहल गर्ने प्रतिवद्धता गर्नु भएको छ । कर्णाली राजमार्ग एक तर्फिबाटो सुचारु भईरहेको तर स्तरबृद्धि भएको छैन् ।
यस पटक भने गत असोज १९ गतेदेखी एक हप्ता कर्णालीमा आएको बर्षा पछिको वाढिपहिरोले राजमार्ग कैयौ स्थानमा पहिरो आएपछि कठिन स्थितिमा पुगेको छ । उहाँले जुम्ला विमानस्थललाई स्तरबृद्धिको बिषयमा पहल भईरहेको जानकारी दिदै जिल्लामा आएका सवालहरु मध्य गर्न सकिने काममा संसदमा ध्यानाकर्षण सहित कार्यान्वयन तहमा अगाडि बढाईनेमा जोड दिनुभयो । पत्रकार भेटघाटमा आफुले जुम्ला सहित हिमाली क्षेत्रमा आउने नेपाल एयरलाईन्सको जहाँज अहिले ईटिकटिङका लागि पहल गर्दा कार्यान्वयन भएको बताउनुभयो ।
उहाँलाई पत्रकारहरुले समेत जिल्लाका विकास सहित विभिन्न सवालमा आवाज उठाउन सुझाव दिएका छन् । पत्रकारहरुले लामो समय राष्ट्यि स्तरको पत्रकारिता गर्दै आएका दुर्गमका पत्रकारहरुलाई तलवी वनाईने बिषय, लोककल्याणकारी विज्ञापन बृद्धिका सवालका बिषयमा समेत सुझाव दिएका छन् ।
क्याप्सन ः पत्रकार भेटघाट कार्यक्रममा सांसद लामा जुम्लामा तस्बिर नेत्र शाही जुम्ला ।