सुर्खेत, २५ बैशाख (रासस) ः वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ ।
हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिले स्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले जानकारी दिनुभयो । “जोडले चलेको हुरी बतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ,” प्राविधिक केसीले भन्नुभयो, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।”
त्यसबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जनाउनुभयो । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो । उहाँका अनुसार यो रिले स्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् ।
“बन्दाबन्दीका कारण क्षेतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन,” केन्द्र प्रमुख साहले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर भोलि ईलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति एकिन गरिने छ ।” हुरी बतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भएपनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भईरहेको उहाँले बताउनुभयो ।
दाना शाहीबैशाख २५, २०७७ सुर्खेत
४२४ पटक
- हस्त वहादुर वुढाले जन्मदिनमा एकसय बिद्यार्थीलाई पोशाक सहयोग गरे
- हिमा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
- खुला मञ्चको सरसफाईमा जुटेको जुम्ली एकता समाज
- किरियामा बसेर सेवा प्रवाह गर्दै लेखपाल आचार्य
- गुठिचौर–३ का ३९ जनालाई टर्नेलपाल वितरणः सरकारलाई लगानी गर्न उर्जा थपिदिन वडा अध्यक्ष वुढाको अनुरोध
- कर्णाली प्राविधिक शिक्षालयको ४४ ओै बार्षिक उत्सव
- पर्यटकीय क्षेत्र गुठिचौरमा प्यारा ग्लाईडिङ परीक्षण
- पत्रकारलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण
- अत्याधुनिक हतियारसहित यार्सा लुट्ने व्यक्ति पक्राउ
- वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न