OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ३०, २०७९सुर्खेत
२६७ पटक

३० पुस २०७९, शनिबार

कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दलका साझा उम्मेदवार नेकपा एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ ।

त्यसैगरी, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङ्को उम्मेदवारी दर्ता भएको हो ।

त्यस्तै, काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । सभामुखको निर्वाचन भोलि माघ १ गते बिहान ११ः०० बजे तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त निर्वाचनमा भाग लिनका लागि एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना प्रदेशसभा सदस्य रहेका छन् । माओवादीको १३, एमालेको १०, राप्रपा र समाजवादीको एक÷एक मत रहेको छ । कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ भने एक स्वतन्त्र प्रदेशसभा सदस्यको मत छ ।

पोखरेल सुर्खेत क्षेत्र नं.१(१)बाट प्रत्यक्ष र गुरुङ समानुपातिक केटाबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

 

प्रतिकृया दिनुहोस्