OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७९ जुम्ला,
२१५ पटक

पुष २७ गते । जुम्लामा प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा सञ्चालित साझेदार सस्थाहरुले गरेको कामको जिल्ला परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा सञ्चालन गरिएको वालकेन्द्रीत सामुदायिक विकास परियोजनाको बिषयमा भएका प्रगति र सल्लाहकार समितिले स्थलगत अनुगमन गरिएको बिषयमा समिक्षा गरिएको हो । समिक्षामा प्लान नेपालका स्थानीय साझेदार सस्थाहरु पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल र सेडा नेपाल सहितका संस्थाहरुको गरेको कामको सम्क्षिप्त प्रस्तुतीकरण गरिएको थियो ।

प्लान नेपालमा कार्यरत कर्मचारी अम्विका प्रसाद तिमिल्सिनाले जुम्लामा भएका समग्र कामको जानकारी गराउनु भएको थियो । उहाँले जुम्लाको हिमा, सिंजा र तिलामा साझेदार संस्थाहरुबाट यस बर्षका कामको वारेमा जिल्ला सल्लाहकार समितिलाई जानकारी गराउनु भएको हो ।

प्रस्तुतीकरणमा उहाँले साझेदार संस्थाहरु मार्फत प्रारम्भिक वालविकास परियोजना, वालसंरक्षण परियोजना, नेतृत्व र निर्णय परियोजना, सिकाई परियोजना, खानेपानी तथा सरसफाई तथा स्वच्छता परियोजना, वालविवाह न्यूनिकरण संचालनमा छन् । यसैगरी कर्णाली शिक्षा परियोजना, बिपत प्रतिकार्य परियोजना, प्रत्याभुत वालसंचार परियोजना समेत संचालनमा रहेका छन् । सो परियोजनामा जिल्लामा सेडा नेपाल, क्याड नेपाल, किर्डाक नेपाल र पेश नेपालले संचालन गरिरहेका छन् ।

प्रारििम्भक वालविकास परियोजना मार्फत २१० आमा समुह, १०५ सम्वाद समुह, २१ वटा वडामा प्रारम्भिक वालविकास निर्दे्रशन समिति गठन गरिएका छन् । वालसंरक्षण योजना अन्तरगत यसैगरी किशोरी समुह, आमा समुह मार्फत काम, शिक्षक र विद्यार्थीलाई तालिम, चाईल्ड टेक ओभर कार्यक्रम कार्यक्रम गरिएको छ । यसमा १० वटा किशोरी समुहबाट २२४ जना किशोरी लाभान्वित भएका छन् । नेतृत्व र निर्णय परियोजना अन्तरगत किशोरकिशोरमैत्री तालिम, मिडिया अभिमुखीकरण तालिम, सामाजिक विकृति विरुद्धको अभियान र दुई वटा वालविवाह किशोर किशोरी समुहले रोकेका छन् ।

यसैगरी सिकाई परियोजना अन्तरगत अतिरिक्त कक्षा, शेक्षिक सामग्री कक्षाकोठा सजावट, पढाई कुन सहित विभिन्न काम गरिएका छन् ।
वालकेन्द्रीत सामुदायिक विकास परियोजना अन्तरगत २७ वटा विद्यालयमा वालसंरक्षण निति पनि बनाईएको छ । यसैगरी सिंजा, तिला र हिमामा वालसंक्षण रणनिति स्थानीय सरकारले बनाएको छ ।

परियोजना सल्लाहकार समितिको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख नरविर सुनारले परियोजनाले लिएको लक्ष्य अनुसार भईरहेका कामहरु धेरैजसो राम्रा भएका भन्दै परियोजनाले जुम्ला जिल्ला भरी समेटनुपर्नेमा सुझाव दिनुभयो । उहाँले राम्रा कामका लागि जिल्ला समन्वय समितिबाट सहयोग हुनेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय जुम्लाका अधिकृत टंक प्रसाद न्यौपानेले परियोजनाले सिकाएका राम्रा कामहरु लागु गर्नुपर्ने भन्दै सामाजिक विकास कार्यालयले सामाजिक विकास काममा जोड दिनुपर्ने तर जनशक्तिको अभाव भएको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार परियोजनाले खोप सेवामा काम गर्न तथा धेरै वालविवाह हुने पातारासीमा समेत कार्यक्रम लागु गर्न अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा ज्ुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले अनुगमन तथा परियोजना सल्लाहाकार वैठकमा स्थानीय सरकारको उपस्थिति अनिवायै गर्नुपर्ने, परियोजनाले गरेका नमूना कामहरु सवै गाउँमा लागु गर्नुपर्ने र स्थानीय सरकारले सिको गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्लानले सूचना तथा संचार क्षेत्रमा विशेष प्याकेज सहितको कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुलीले प्लान नेपालको स्थापना र यसले काम गर्ने क्षेत्रको बिषयमा जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा जानकारी दिनुभएको छ । उहाँले प्लाने नेपालले प्लानले अहिले प्रारम्भिक वालविकास र संरक्षण, वालिका यूवा शशक्तिकरण र सिकाईमा जोड दिदै आएको जानकारी दिनुभयो । उहाँले प्लानले विश्वका ७२ देशमा ८५ बर्ष अघि काम गर्न थालेको र नेपालमा ४५ बर्ष देखी काम गर्दै आएकोमा जोड दिनुभयो । उहाँले कर्णालीमा जुम्ला, कालिकोट र मुगुमा काम गर्दै आएकोमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्