

पुष २१ गते । जिल्लाको तातोपानी गाउँपालिकाले १२ औ गाउँसभाबाट ११ वटा ऐन, नियमावली, रणनिति, निर्देशिका र कार्यविधी पारित गरेको छ ।
गाउँपालिकाले गाउँसभाको वन्दसत्रबाट गाउँपालिकालाई आवश्यक कानून पारित भएको जानकारी गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतका अनुसार १२ औ गाउँसभा सम्पन्न भएको छ । उहाँका अनुसार वन्दसभाले ११ वटा महत्वपूर्ण नितिगत बिषयका ऐन, कानून, रणनिति, निर्देशिका, रणनिति र कार्यविधी पारित गरेको हो ।
प्रशासकीय अधिकृत कठायतका अनुसार गाउँपालिकाको शिक्षा ऐन, संशोधन २०७९, तातोपानी गाउँपालिका शिक्षा नियमावली २०७४ पहिलो संशोधन– २०७९, तातोपानी गाउँपालिकाको सार्वजनिक सम्पतिको संरक्षण तथा व्यवस्थापन निर्देशका – २०७९, तातोपानी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक – २०७९, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका – २०७९, तातोपानी धारा खानेपानी सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली निर्देशिका – २०७९ पारित भएका छन् ।
यसैगरी खानेपानी गुणस्तर तथा अनुगमन निर्देशिका – २०७९, तातोपानी गाउँपालिकाको स्थानीय पूर्वाधार मर्मतसम्भार कोष तथा कार्यसंचालन कार्यविधी – २०७९, तातोपानी गाउँपालिका स्थानीय पुर्वाधार विकास आयोजना संचालन कार्यविधि– २०७९, यसैगरी ५ बर्षिय तातोपानी गाउँपालिका वालविवाह न्यूनिकरण सम्वन्धी रणनिति तथा कार्ययोजना समेत पारित गरेको छ ।
दुई उत्कृष्ट कर्मचारी पुरस्कृत :
यसैगरी गाउँसभाको उद्घाटन कार्यक्रममा दुई उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ । योजना शाखाका ओमबहादुर चन्द्ध र ईन्जिनियर डिल्ली बुुढालाई जनही १० हजार नगद सहित प्रतिनिधिसभा सदस्य विनिता कठायत, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवति रावलले संयूक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
गाउँसभामा वोल्दै प्रतिनिधिसभा सांसद विनिता कठायतले गाउँपालिकाको विकासमा पनि आफुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पर्यटकीय केन्द्र तातोपानीको विकासमा जोड दिनुपर्ने बताउदै गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य, महिला वालवालिका तथा सिंचाईका सवालमा जोड दिन सुझाव दिनुभयो ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तातोपानीले तातोपानी टाईम्स, महिला स्वास्थ्य स्वंसेविकालाई मोवाईल वितरण, गिडिदह सम्मेलन, घुम्ति शिविर, विधुती हाजिर, भदौ असोजमै ९० प्रतिशत योजना सम्झौता, अध्यक्ष र प्रशासकीय अधिकृत विचमा कार्यसम्पादन सहित महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले अव त्रिवेणी जाजरकोट वाटो, थलाले टावर, तातोपानी धाराको थप व्यवस्थापन गर्न आवश्यकता भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका सदस्य नरविर सुनारले विकासका काममा गाउँपालिकाले समन्वय सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उपाध्यक्ष रेवति रावलले गाउँपालिकाले सामाजिक क्षेत्रमा गरेका कामको जानकारी गराउदै सभाले ५ बर्षिय तातोपानी गाउँपालिका वालविवाह न्यूनिकरण सम्वन्धी रणनिति तथा कार्ययोजना सहित महत्वपूर्ण नितिगत दस्तावेज पारित गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले ऐतिहासिक गिडिदहलाई थप चिनाउने सम्मेलन, तातोपानी मिडिया सम्मेलन सहित अन्य विकासका कार्यक्रमहरु नमूना भएकाले आगामी दिनमा जुम्ला जाजरकोटको सिमामा कार्यक्रम राखेर वैकल्पिक राजमार्गको अभियान शुरु गर्न पालिकालाई अनुरोध गनुृभयो । सभाको वन्दसत्रमा वडाध्यक्ष सहित जनप्रतिनिधिहरुले समेत धारणा राख्नु भएको थियो ।