OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०७९सुर्खेत
२७७ पटक

८ पुस २०७९, शुक्रबार

राष्ट्रिय समाचार समितिका (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा रु.एक लाख राशी र प्रमाण पत्रसहित सम्मानित हुनुभएको छ ।

अध्यक्ष झा रु.एक लाख राशीसहित ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले अध्यक्ष झालाई रु.एक लाख राशी तथा प्रमाण पत्रसहित सम्मान गर्नुभयो ।

नेपाल पत्रकार महासंघको पूर्व अध्यक्षसमेत रहनुभएका उहाँलाई लामो समय पत्रकारिता, सूचना तथा सञ्चारका क्षेत्रमा योगदान पुर्याएको भन्दै महासंघले सम्मान गरेको हो । महासंघले अध्यक्ष झाको अगामी दिनको उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष खिल भण्डारीलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरिएको छ । त्यस्तै, सुर्खेतका माया थापा रु.२० हजार राशी प्रमाण पत्रसहित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो । साधारणसभाबाट करिब दुई दर्जन पत्रकार तथा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्