OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष २, २०७९ जुम्ला,
३२९ पटक

पौष २ गते । कर्णालीकै सफल सहकारी मध्यको एक चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था जुम्लाको १२ औ साधारणसभा शुरु भएको छ ।
शनिवार सहकारीको चुनावी साधारणसभाको उद्घाट शत्र सकिएको छ । उद्घाटन सत्रमा सहकारीमा २० हजार सदस्य पुग्न सफल भएको जानकारी गरिएको छ । यसैगरी सहकारीले कर्णाली सहित लुम्विनी, गण्डकी र बाग्मति सहित ३८ जिल्लामा सेवा केन्द्र विस्तारमा स्विकृति पाएकोे अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिनुभयो । उहाँले सहकारीलाई यहाँ सम्म पुरयाउन सहयोग गर्ने संस्थापक देखी सवै टिमलाई धन्यवाद दिदै सहकारीले महिला सहभागितामा जोड भएको बताउनुभयो ।

यसैगरी संस्थाको आर्थिक गतिविधि संस्थाका संचालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार चन्दननाथ सहकारीले जम्मा कर्जा परिचालन रु एक अर्व ५८ करोड ८ लाख ७२ हजार ६ सय रहेको छ । यसैगरी कर्जा असुली एक अर्व २६ करोड ४६ लाख ८ सय ९२ रहेको छ । चन्दननाथको हालको आम्दानी रु ९ करोड ६५ लाख एक हजार छ सय ८७ र खुद नाफा एक करोड ५ लाख ४० हजार ३२४ रहेको छ ।

सहकारीको अवसरमा उपस्थित विभिन्न क्षेत्रका अतिथिले शुभकामना दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जुम्लामा जन्मिएको सहकारी नेपालकै लागि गौरवको सहकारी स्थापित भएको बताउनुभयो । उहाँले व्यक्ति सँगै संस्थाको समृद्धिमा सहकारीले जोड दिएको बताउदै अझै सेयर लगानी बढाउनु पर्ने तथा सहकारी शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले एक अर्व बढि कारोवार गर्ने सहकारी चन्दननाथको प्रगतिले खुशी तुल्याएकोले यस अभियानमा लाग्ने अभियान कर्तालाई ध्यान दिनुभयो । पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन वोहराले सहकारीको समृद्धिका लागि सर्वै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताउनुभयो ।

तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र वचत गर्ने सिकाई निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताउनुभयो ।

चन्दननाथ सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले सहकारीको बन्दसत्र शुरु भएको र नयाँ कार्यसमिति चयन भएकोमा जोड दिनुभयो । उद्घाटनसत्रमा पूर्व व्यवस्थापक स्वर्गिय खगेन्द्र न्यौपानेको तस्बिरमा अविर र मालाले माल्याणपण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्