OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २६, २०७९ जुम्ला,
४०१ पटक

कात्तिक २६ गते । कक्षा कोठाको अभाव खेपिरहेको जुम्लाको हिमा गाउँपालिका रुपाकोट आधारभुत विद्यालय. बाजागाडमा पक्की भवन भएपछि विद्यालयमा खुशीयाली छाएको छ ।

राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तरगत चारकोठे भवन निर्माण भएपछि विद्यालयले बाजागाजा सहित खु्शीयाली मनाईएको छ । प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिकाकै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालय ओझेलमा परेको वेला यस पटक चारकोठे भवन निर्माण भएकोमा सरोकारवाला सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले ३ कोठामा ६ कक्षा संचालन गर्नुपर्ने वाध्यता अव हटेको बताउदै वालवालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने बताउनु भयो । उहाँले रु ३६ लाखको लगानीमा टिनले छाएको दुईतले पक्की भवन निर्माण भएको जानकारी दिनुभयो ।

विद्यालयका अनुसार गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सो भवनको उद्धाटन गर्नुभएको छ । शाहीले भवन उद्धाटन गर्दै भन्नुभयो, अव विद्यालयमा आउने विग्रएको बाटो बनाउने र घेरवारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

भवन उद्धाटन कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य खम्वा शाहीले रुपाकोट आधारभुत विद्यालयको भवन अभाव भएको समयमा संरचना बन्नु अत्यान्तै राम्रो भएकाले पहल गर्ने विद्यालय, प्रधानाध्यापक देखी गाउँपालिकाको शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय ईकाइ, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा शिक्षक महासंघका केन्द्रीय सहअध्यक्ष पूर्ण दवाडी र मन्त्री देवेन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सो विद्यालयमा यस बर्ष पनि राष्ट्र«पति शैक्षिक कार्यक्रमको रु ५५ लाखको भवन परेको बताउनुभयो ।

कक्षाकोठा नै अभाव भएको विद्यालयमा पक्कि भवन वनेपछि स्थानीय खुशी भएका छन् । वडा नम्बर ४ का अध्यक्ष कालो शाहीले स्थानीय सरकारलाई सहयोग गर्ने गरी भवनको पहल गर्ने प्रधानाध्यापक शान्ति शाही सहितका सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । स्थानीय अलि रोकायाले हाम्रो गाउँमा अहिले सम्मकै सवैभन्दा ठूलो योजना विद्यालय भवन परेकाले प्रधानाध्यापक सहित सवैलाई धन्यवाद दिनुभयो । रुपाकोट आधारभुत विद्यालय बाजागाडामा कक्षा १ देखी ८ कक्षा सम्म अध्ययन भईरहेको छ,भने ३०४ जना विद्यार्थी रहेका छन् । विद्यालयमा पक्कि भवन बनेपछि स्थानीयले बाजागाजा, मागल सहित भब्य खुशीयाली मनाएका छन् ।

प्रतिकृया दिनुहोस्