OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २४, २०७९ जुम्ला
३३८ पटक

 २४ कार्तिक २०७९ बिहीबार

कर्णाली प्रदेशमा गठवन्धनका शिर्ष नेताहरु निर्वाचनमा आफ्नो वास्तविक अवस्था बुझ्न सुक्ष्म अनुगमन गर्दै हिडेको छ ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, नेपाली कांग्रेसका महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका प्रदेश सचिव ठगेन्द्रप्रकाश पुरीसहितको टोलीले निर्वाचनमा गठबन्धन कसरी अगाडि बढिरहेको भन्ने विषयमा अनुगमन गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसीले मंसिर ४ को निर्वाचनमा गठवन्धन जिताउनका लागि अनुगमन टिम कर्णालीका सबै जिल्लामा पुगेर अनुगमन तथा भेटघाट छलफल गर्ने उद्देश्यले जिल्ला दौडाहमा रहेको बताउनुभयाे । अनुगमनका क्रममा टोली जुम्ला पुगेको र गठबन्धनका नेतृत्वहरु, पार्टीगत छलफल समेत गरेको छ ।

टोलीले हालसम्म सल्यान, रुकुम, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, जुम्लामा अनुगमन सम्पन्न गरेको छ । जुम्लामा अनुगमन टाेलीले पार्टीको दुई तहको नेतृत्व, नागरिक र स्वतन्त्र व्यक्तिसँग समेत निर्वाचनमा गठवन्धनको अवस्थाका छलफल गरेको छ ।

गठवन्धनका नेताहरु माओवादीका कर्णाली अध्यक्ष केसी र काग्रेसका प्रदेश महामन्त्री रोकायाले आ आफ्नो पार्टी सँग पनि छलफल तथा आवश्यक निर्देशन गरिएको केसीले जानकारी दिनुभयाे ।

माओवादीका अध्यक्ष केसीले माओवादीका जनवर्गीय संगठन तथा विभिन्न पक्षसँग समेत छलफल गरेर निर्वाचनको जिल्लास्तरका अगुवा कार्यकर्ताको आन्तरिक बैठक सम्पन्न भई आवश्यक जिम्मेवारी दिईएको बताउनुभयो । अध्यक्ष केसीले भन्नुभयो, अब कुनै पनि हालतमा गठबन्धनका उम्मेदवार जित्ने गरी काम गर्न कर्णालीका सबै जिल्लामा तीन जनाको अनुगमन परिचालन समिति हिडिरहेको छ । उहाँले निर्वाचनमा सक्रियताका रुपमा काम गर्ने कार्यकर्ताको मुल्याङ्कन सोही अनुसार हुनेमा जोड दिनुभयाे ।

नेपाली कांग्रेसका प्रदेश महामन्त्री कृष्ण रोकायाले अहिलेको निर्वाचनमा गठबन्धनको विजय भएमा मात्रै संविधान र संघीयता जोगाउने भएकाले गम्भीर भएर निर्वाचन जीत हाँसिल गराउने हिसाबले अनुगमनमा निर्देशन गरिएको बताउनुभयाे ।

जुम्लामा माओवादीका प्रदेश अध्यक्ष केसी, पोलिटब्यूरो सदस्य नरेश भण्डारीसहित जिल्लास्तरका उच्च तहका नेतृत्वको उपस्थित बैठकले गहिरो समीक्षा गर्दै शीघ्र निर्वाचन परिचालन कमिटि सहितको जिम्मेवारी दिएको छ । बैठकमा माओवादी जुम्लाका दोस्रो तहका नेताहरुले माओवादीको मत गठबन्धनका लागि सुरक्षित हुने तर गठबन्धन सँग थप चुस्त हुनुपर्नेमा सुझाव दिएका छन् ।

यसैगरी जुम्लामा प्रदेश (क) मा वैकल्पिक केन्द्रीय सदस्य नवराज न्यौपाने र प्रदेश (ख) मा प्रवास समन्वय समिति संयोजक मनऋषि धितालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यसैगरी जुम्लाका सबै पालिकामा निर्वाचन परिचालन ईन्चार्ज समेत तोकेर कार्ययोजना समेत बनाई गाउँ पठाईएको माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार अब पालिकास्तरका ईन्चाजसँग पालिका स्तरकै नेता कार्यकर्ता जोडिएर वडास्तरका समिति  बन्ने र वडाको नेतृत्वमा गाउँ निर्वाचन परिचालन कमिटि परिचालन हुने निर्देशन गरिएको छ ।

जुम्लामा गठबन्धनका तर्फबाट उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका गोमा कुँवर, प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही र प्रदेश (ख) मा पदम रोकाया रहेका छन् ।

प्रतिकृया दिनुहोस्