

कात्तिक २१ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साविक माथिल्लो कर्णालीका ३ जिल्लामा चुनावीसभा सम्वोधन गर्ने भएका छन् ।
प्रचण्डले एकैसाथ ३ जिल्लामा गठवन्धनकोसभा सम्पन्न गर्ने भएका माओवादी पार्टी स्रोतले जानकारी दिएको छ ।
नेकपा माओवादीका नेता मनऋषि धितालका अनुसार माओवादी अध्यक्ष प्रचण्ड जुम्ला, कालिकोट र हुम्लामा आई चुनावीसभा सम्वोधन गर्ने भएका हुन् । नेता धितालका अनुसार प्रचण्ड विहान ९ बजे सुर्खेत आउनेछन् ।
सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् । यसैगरी माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठवन्धनको चुनावीसभा सम्वोधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ, यसैगरी सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुदै दिउसो १२ः३० मा कालिकोट उड्ने तालिका रहेको छ ।
जुम्लामा गठवन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेशसभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवारको रुपमा छन् ।