

कात्तिक १६ गते, कास्कीको पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक बिजेता दुर्गबहादुर बुढालाई एशिया ईन्टरनेश्नल स्कुलले स्वागत गरेको छ ।
जुम्ला कनकासुन्दरी गाउँपालिका ३ निवासी बुढाले थेलेटिक्स तर्फको ३ हजार मिटरको दौडमा प्रथम तथा किर्तिमानी कायम गरेका बुढालाई स्वागत तथा सम्मान गरिएको थियो ।
एशिया ईन्टरनेश्नल स्कुलका संचालक मनोज बुढाथोकी मगरले किर्तिमानी बुढालाई सम्मान गरिएको जानकारी दिनुभयो । हाम्रो प्रतिभालाई सानो स्वागत तथा सम्मान गर्दा उर्जा प्राप्त हुने भएकाले सानो सम्मान गरिएको जोड दिनुभयो ।
स्वर्णपदक बिजेत बुढा, एक सय मिटरमा तेस्रो स्थान भएका डिल्ली भण्डारी तथा एथलेटिक्स प्रशिक्षक गिनिज बुक अफ द वल्र्ड रेकडर हरिबहादुर रोकायालाई स्वागतले विद्यार्थीको प्रेरणा समेत बढ्ने बताईएको छ ।
दुर्गबहादुर बुढाले सरोकारवाला निकाय मौन भईरहेको समयमा भईरहेको समयमा एशिया स्कुलले र स्थानीय व्यापारी वालकृष्ण बुढाले स्वागत गरेको बिषय महत्वपूर्ण रहेको बताउनुभयो ।
म्याराथुन धावक हरिबहादुर रोकायाले सवैभन्दा ठूलो बिषय मिहिनेत रहेको हुदा खेलाडीले अझै मिहिनेत गरेमा नोकरी समेत सुरक्षित हुनेमा जोड दिनुभयो ।
एशिया ईन्टरनेश्नल विद्यालयले हरेक बर्ष प्रतिभालाई सम्मान गर्दै आएको छ । यि कार्यबाट विद्यार्थीलाई उत्प्रेणा मिल्दै आएको छ । संचालक बुढाथोकीले तत्कालिन प्रहरी नायव उपरीक्षक डाक्टर तपन कुमार दाहाल, जुम्ली सेवा समाजका अध्यक्ष हर्क रावल, चिकित्सा क्षेत्रमा काम गर्ने स्थानीय डाक्टर, ईन्जिनियर जस्ता नमूनाका केही प्रतिभालाई सम्मान गरिएको जानकारी दिनुभयो ।
दुर्गबहादुर बुढाले एथलेटिक्सतर्फको तीनहजार मिटर स्टेबल चेस पुरुष तर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका हुनु भएको थियो । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पार्दै दुर्गले निर्धारित दूरी ८ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका थिए ।
बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन ३ हजार मिटरको अहिले सम्मको रेकड तोडेका छन् । बुढाले यस अघि खेलाडी राजेन्द्र भण्डारीले ८ मिनेट ५७ सेकेण्डमा पार गरेको समयलाई ८ मिनेट ५५.१९ सेकेण्डमा पारगर्दै किर्तिमानी कायम गरेका छन् । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बुढाले ५ हजार मीटरमा भने दृतीय स्थान हाशिल गरेका थिए ।
धावक बुढाका गुरु गिनिज वुक अफ द वल्र्ड रेकडर जुम्लाकै हरिबहादुर रोकायालाई समेत स्थानीय खेलाडी तथा सरोकारवाला निकायले स्वागत गरेका छ्न् । रोकायाको योगदानका कारण दुर्ग बुढा, सुनमाया बुढा जस्ता दर्जनौ खेलाडीले राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा तथा सफलता हाशिल गर्दै आएका छन् ।
दुर्गबहादुर बुढाले दांगमा भएको ८ औ राष्ट्रि«य खेलकुद प्रतियोगितामा १० किलोमिटर दौडमा पनि स्वणपदक जितेका थिए । भारतीय आर्मी समेत रहेका बुढाले भारतमा संचालित विभिन्न प्रतियोगितामा विजय हाशिल गर्दै आएका छन् ।
एक लाख नगद सहयोग र सम्मान :
दुर्गबहादुर पोखरामा स्वर्णपदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लावासी र खेलाडी स्वागत गर्न विमानस्थलमा भिड लागेको थियो ।
यतिमात्र होईन स्थानीयले खुशी स्वरुप नगद रकम पनि दिएका छन् ।
सनलाईट ईलेक्ट्रोनिक पसलका व्यापारी तथा स्थानीय वालकृष्ण बुढा र उहाँका दाजु भूवनसिंह बुढाले ५०।५० हजार गरी रु एक लाख रुपैया नगद प्रदान गर्नुभएको बिजेता खेलाडी दुर्गबहादुरले जानकारी दिनुभयो । स्वर्ण पदक मात्रै होईन, नेश्नल रेकर्ड कायम गरेकोले दुर्गबहादुरलाई आफुले सानो सहयोग गरेको वालकृष्णले बताउनु भयो । उहाँले किर्तिमानी हरिबहादुर रोकायालाई पनि विशेष धन्यवाद दिनुभयो ।
खेलाडी दुर्गबहादुरका अनुसार जुम्लाकै राजपुरा पछाई, विश्वरुपा बुढा, पूर्ण लक्ष्मी न्यौपानेले समेत यस पटक बिजय हाशिल गरेका छन् । नेपाल प्रहरीबाट राजपुरा पछाइले ५ किमी र १० किमी भाग लिएको दुवैमा दृतीय हुनु भएकोछ । त्रिभुवन आर्मी क्लबबाट विश्वरुपा बुढाले ४२.१९५ किलोमिटरमा दृतीय स्थान हाशिल गर्नु भएको थियो । यस्तै पूर्णलक्ष्मी न्यौपानेले पनि १० किमीको तृतीय स्थान हाशिल गर्नुभएको छ ।