OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन ३१, २०७९जुम्ला,
४०४ पटक

असोज ३१ गते । जुम्ला बिमानस्थलमा नयाँ टिकट प्रणाली शुरु गरिएको छ । नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाईन्सका प्रतिनिधिहरु, स्थानीय अगुवा यूवा बसेर ११ टिकट वाहिर बाड्ने सहमति अनुसार कार्यान्वयन गरिएको हो ।

यतिवेला कर्णाली राजमार्ग वन्द भएको समयमा विमानस्थलमा भिड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएको समयमा पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाईन लगाएर ११ टिकटको दरले सात वटा उडानको रकम समेत उठाईएको छ ।

नागरिक समाजका जुम्ला अध्यक्ष राजबहादुर महतका अनुसार टिकट नागरिकले वाहिर नपाउने चर्को आलोचना पछि सहमति गरेर अव देखी ११ टिकट नागरिकलाई लाईन लगाएर शुरु गरिएको छ । अन्य २ वटा विरामी, २ वटा सरकारी सिट तथा विदेशी पर्यटकलाई प्रथामिकता दिनेगरी एयरलाईन्स एजेन्टहरु पनि सहमत भएको हो ।

सोही अनुसार ७७ जना लाईनमा लागेका नागरिकलाई पहिलो चरणमा ११ जनाका दरले टिकट सुनिश्चित गर्न रकम उठाई सम्वन्धित निकायलाई बुझाईएको छ । विमानस्थलमा लाईन लागेका नागरिकको लिष्ट अनुसार प्रथामिकताको आधारमा ७ वटा फ्लाईटका लागि नागरिकको नामलिष्ट गरिएको छ ।

अन्य २ जनाा विरामी, दुई सरकारी सिट अन्य ईमरजन्सी एयरलाईन्सले आफै कार्यान्वयन गर्ने भएको छ । विमानस्थलमा अघिल्लो चरणमा परिक्षा दिने विद्यार्थी, लोकसेवा, विदेश जाने नगारिकलाई पठाई सकिएपछि वाँकी विद्यार्थी, कर्मचारी र अन्य नागरिकका लागि वाहिरै लाईन लगाएर टिकट दिने काम शुरु भएको हो ।

टिकटमा पहुँचवालाको हाली मुहाली हुनेभयो भन्दै विद्यार्थीले आन्दोलन गरेपछि, व्यवस्थापन गर्न नसकिएपछि स्थानीय प्रशासनले समेत नागरिक समाजलाई अगुवाई गर्न अनुरोध गरेको थियो ।

पत्रकार महासंघको प्रत्यक्ष निगरानीमा चन्दननाथ नगरपालिकाका नगरप्रमाुख राजुसिंह कठायत, नागरिक समाज अध्यक्ष राजबहादुर महत सहित अगुवाहरुको उपस्थितिमा लाईनलाई प्रथामिकता दिने व्यवस्था शुरु गरिएको छ ।

विमानस्थलमा १५६ जना पुरुष र ८८ जना महिलको लाईन लागेर लिष्ट तयार गरिएको नागरिक उड्डयन प्राधित्रकरणले बताएको छ । सो अनुसार सात वटा फ्लाईटमा ७७ जना नागरिक उड्न पाउने सुनिश्चित भएको छ । ति लिष्ट अनुसार जुन जहाज पहिला आयो लिष्ट अनुसार उड्न पाउनेछन् ।

4
यो पद्धति लामो समय सम्म कार्यान्वयन गर्नुपर्ने स्थानीय यूवाहरुको पनि जोड छ, स्थानीय यूवा गणेश मल्लका अनुसार नागरिकले लाईन लागेर ११ टिकट लिएको ईतिहास कायम भ्एको र यसलाई कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

केही दिन अघि स्थानीय प्रशासनमा लाईन लागेर २०६ जनाको लिष्ट तयार भएकोमा सो लिष्ट लिष्टका धेरै विद्यार्थी, विरामी उडेपनि कार्यान्वयन हुन सकेको छैन । अव भने सोही प्रणाली अनुसार कार्यान्वयन गर्ने हो भने जहाँज बढाउन राजनैतिक दल सहित सवै निकायको सहयोग थप आवश्यक भएको छ ।

 

प्रतिकृया दिनुहोस्