OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २२, २०७९जुम्ला
३२८ पटक

असोज २२ गते । जुम्लामा पहिरो परि सात जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यू हुनेमा घरमुली ५५ बर्षिय गणेश शाही, २२ बर्षिय छोरा रमेश शाही, रमेश शाह्ीकी २२ बर्षिय श्रीमति पानसरा शाही, रमेश शाहीका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षिय विद्या शाहीको मृत्यू भएको छ ।

उहाँका अनुसार मृतकको शव उद्धार गरिएको छ । सो घटनामा स्थानीय सरस्वति हमाल गम्भिर घाईत हुनु भएको छ भने सरस्वति हमाल रामबहादुर हमाल घाईते हुनु भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्द्ध सहितको टोली थप उद्धारका लागि गएको छ ।

बाढिले आमा छोरो बेपत्ता :
जिल्ला प्रहरी कार्यालयका अनुसार भारी रुपमा परिरहेको बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका ३ जोगिवाडामा बाढि आउदा स्थानीय २५ बर्षिय सत्यदेवी योगी र उनका ३ बिर्षिय छोरा विनम योगी वगेर बेपत्ता भएका छन् । उनिहरुको खोजी कार्यभईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्