OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २५, २०७९
७०१ पटक

भदौ २५ गते । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले ज्ञापन पत्र दिदै ध्यानाकर्षण गरेको छु । कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न ध्यानाकर्षण गरिएको छ ।
मुख्यमन्त्रीलाई दिईएको ज्ञापनपत्रमा ति विधेयक कर्णालीको अस्तित्व सँग जोडिएका विधेयक भएका र ति विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुदा पनि पास गर्न किन कन्जुस्याई गरिएको होला भनेर प्रश्न गरिएको छ ।

जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश चन्द्रखत्री सहितको बुद्धिजीविहरुको टिम र नागरिकहरु गएर मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गरिएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, आगामी मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरुको कार्यकाल समाप्त हुनु अगाबै माथि उल्लेखित महत्वपूर्ण विधेयकहरु अविलम्ब अगाडि बढाई पास गर्नको लागि नेतृत्वदायि भूमिका निर्वाह गरिदिन हुन हामी सम्पूर्ण जुम्लीबासी अनुरोध गर्दछौं । हामीले आशा र भरोसा गरेका छौं, यहाँको कार्यकालमा यी दुईवटै विधेयकले मूर्तरुप लिनेछन र कार्यान्वयनको चरणमा पुग्नेछन् ।

ज्ञापन पत्रपछि मुख्यमन्त्री शाहीले यो बिषयमा माओवादीकै मुख्यमन्त्री महेन्द्रबहादुर शाही ४ बर्ष र सांसद नरेश भण्डारी स्वयंले साढे ३ बर्ष मन्त्री हुदा किन पास नगरेको भन्दै जवाफ दिनु भएको छ । उहाँले विश्व विद्यालय यो स्रोतले चलाउन सक्ने स्थिति नभएको बताउनुभयो ।

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यि दुवै विधेयक ससद्य स्थगित भएपछि अहिले अन्यौल अवस्थामा छन् ।

 

 

प्रतिकृया दिनुहोस्