OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली प्रतिष्ठान घटना : विरामी, डाक्टर, वालवालिका छुट्टाछुट्टै आन्दोलित

अस्पतालमा उपचार नपाएपछि प्रशासन गुहार्न पुगे बिरामी :

कोरपाटी संवाददाताभाद्र २२, २०७९ जुम्ला,
३५८ पटक

भदौ २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर कुटिएको, वच्चा र सेवाग्राहीले उपचार नपाएको बिषयमा छुट्टा छुट्टै आन्दोलन शुरु गरिएका छन् ।

प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएका डाक्टर करण साह विरुद्ध वालकलाई उपचार नगराएको भन्दै मुद्दा दर्ता भई अदालतले पक्राउ पुर्जी जारी भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लाका डाक्टरहरुले ईमरजन्सी वाहेका सेवा बन्द गरेका छन् । उनिहरुले डाक्टर करण विरुद्ध झुटा मुद्दा लगाईएको भन्दै भदौ २१ गते देखी ईमरजन्सी वाहेकका सेवा वन्द गर्ने भन्दै आन्दोलित भएका हुन् ।

अर्को डाक्टर साहले ईमरजन्सीमा खाली हुदा पनि वच्चालाई उपचार नगरि पठाएको बिषयमा एशिया ईन्टरनेश्नल स्कुलका वालवालिका तथा अभिभावकले जुम्ला सदरमुकाममा मौन सडक मार्च गरेर विरोध जनाएका छन् । उनिहरुले प्लेकार्डमा विभिन्न वालअधिकार हनन गर्ने डाक्टर चाहिदैन सहितका प्लेकार्ड सहित विद्यार्थी आन्दोलित भएका छन् । कर्मचारी धनबहादुर शाहीको ६ बर्षिय छोरा पृथक विक्रम शाहीलाई उपचारका लागि प्रतिष्ठानमा लिईएको तर उपचार नभएको विद्याथीको भनाई छ ।

यस्तै अस्पतालमा डाक्टरहरुले सेवा प्रवाह वन्द गरेपछि विरामी छुट्टै आन्दोलित भएका छन् । उनिहरु जिल्ला प्रशासन कार्यालय जुम्लामा समेत गएर उपचार गरि पाउभनि माग गरेका छन् । प्रतिष्ठानले उपचार नगरेको भन्दै उपचार गरिपाउ भनि उनिहरु जिल्ला प्रशासन कार्यालयमा गएका थिए ।

गत भदौ २ गते विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी धनबहादुर शाहीले ईमरजन्सी कक्षमा डाक्टर साहलाई हातपात गरेको भिडियो वाहिरिएपछि डाक्टरहरु आन्दोलित भएका थिए । तर केही समय पछि ईमरजन्सीमा डाक्टर करणले उपचार गर्न नमानेको भिडियो फुटेज सार्वजनिक भयो । घटनाको भिडियो फुटेजमा कर्मचारी धनबहादुर शाहीले आफ्नो छोरा पृथकलाई लिएर टाका काट्न तथा पेटको उपचार गर्न गएका देखिन्छ तर उपचार ईन्कार भएपछि हातपात गरेको देखिन्छ ।

अस्पतालमा उपचार नपाएपछि प्रशासन गुहार्न पुगे बिरामी :
मुगुका गमगडी निबासी दानसिहं बिक प्रतिष्ठानमा उपचारको लागी आएको एक हप्ता भयो । उनी आफै दम रोग भएका जेष्ठ नागरिक हुन । उनी आफ्नो छोरा नवराज बिकको उपचारको लागी आएको बताउछन । उनको ४० हजार जति रुपौया उपचार नगरी खर्च भइसक्यो ।

होटलको खाना र बासका कारण छोराको उपचारको लागी कसरी खर्च जुटाउने भन्ने चिन्ता छ । उनी भन्छन डाक्टरले उपचार गर्न मानेनन ,हाम्रो आन्दोलन छ भन्दै दिनप्रतिदिन फर्काउने गरेको गुनासो सुनाउदै जुम्ला प्रशासनमा पगेका छन ।

उनी सहित नौ जना बिरामी उपचार नपाएको भन्दै प्रशासन गुहारन पुगेका थिए । त्यस्तै चन्दननाथ नौकी मन्नु दमाइ छातिदुख्ने समस्या लिएर प्रतिष्ठान पुगेकी थिइन ।

प्रतिष्ठानका डाक्टरले आन्दोलन छ भन्दै उपचार गरेको बताउँछिन । उनले भनिन, बिरामीलाई दुख्न दिने काम भएको छ । हाम्रो स्वाथ्य भन्दा डाक्टरको आन्दोलन ठुलो हो । उनले उपचार नगर्ने डाक्टरलाई काबार्ही गर्न माग गर्दै प्रष्ठिान पगेकी हुन ।

यहि भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी वाडमा डियुटिमा रहेका डाक्टर करण साहले बालकलाई उपचार गर्न नमाने पछि धनबहादुर शाहीले हातपात गरेका थिए ।

ड्युटीमा रहेका डा.करण साह कुटपिट भयो भन्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । तर डाक्टरले अहिले सेवा छोडेर आन्दोलनमा उत्रिदा प्रतिष्ठानमा आउने बिरामीले सास्ती भोग्न बाध्यछन । यता एसिया इन्टरनेश्नल मोडेल इङ्गलिस स्कुल, जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका २ जुम्ला भण्डारी वाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा.साहले बाल हिंसा गरेको भन्दै मुदा समेत दर्ता भएको छ ।

“बाल हिंसाको आरोपमा प्रहरीमा डा.साह विरुद्धमा जाहेरी पर्यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति मागेको छ । अदालतले प्रकाउ पुर्जि जारी गरेको छ ।

 

नागरिकले डाक्टर करण साह र शाही बिरुद्ध परेको मुदामाथी अनुशन्धान भइरहदा उपचार नगरेर सेवा बन्द गर्ने काम राम्रो नभएको भन्दै आन्दोलित भएका छन ।

सर्वदलिय वैठको आवहन :
कर्णाली प्रतिष्ठानको बिषयमा घटना बल्झिदै गएपछि सर्वदलिय वैठक आवह्रान गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले आजै सर्वदलिय वैठक राखिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्