OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीसाउन २३, २०७९जुम्ला,
२०११ पटक

जुम्ला, साउन २३ गते । रापका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।
शाहीले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी प्रतिनिधिसभाका लागि घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणापछि शाहीले मेरो पहिलो कर्तब्य मेरो जन्मभूमि र जन्मदिने आमा जुम्ला भएकाले जुम्लाबाट उम्मेदवारी दिनेमा जोड दिने बताउनुभयो ।

उहाँले आज सम्म जुम्लाको आवाज न काठमाण्डौले सुन्यो न जुम्ली जनताले आफ्नो प्रतिनिधिले यो देशको प्रतिनिधि भएको देख्न नपाएकाले आफ्नो उम्मेदवारी बरु चुनाव हारिन्छ, जितिन्छ जुम्लाबाटै उम्मेदवारी हुनेमा जोड दिनुभयो । उहाँले अन्य जिल्लाबाट पनि चुनाव लड्न अफर आएपनि जुम्लाबाटै लड्नेमा प्रष्ट गर्नुभयो ।
शाही जुम्ला सिंजा गाउँपालिका ३ निवासी हुनुहुन्छ । उहाँ सामाजिक क्षेत्रमा काम गर्दै हाल राप्रपाको केन्द्रीय प्रवक्ता हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्