OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन १९, २०७९जुम्ला,
६०० पटक

साउन १९ गते । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ३ स्थित आवासीय विद्यालयमा कोरोना संक्रमण देखिएको छ ।
आवासीय विद्यालयका २४ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार दुईजना शिक्षक पनि संक्रमित भएका छन् ।

उहाँका अनुसार ३५० विद्यार्थी रहेको सो आवासीय विद्यालयका केही विद्यार्थी विरामी भएर स्वास्थ्यचौकी आएका थिए । स्वास्थ्यचौकीमा साउन १७ गते जाँच गरिएका आठ जना मध्य ५ जना र सोही आधारमा सो आवासीय विद्यालयमा स्वास्थ्यकर्मीको टोली गई साउन १८ गते १२५ जना शिक्षक विद्यार्थीलाई जाँच गरिएकोमा १९ जना विद्यार्थी र दुई शिक्षकमा एन्टिन पोजेटिभ देखाएको छ । स्वास्थ्य निरीक्षक बुढाका अनुसार अहिले सोही विद्यालयमा आईसुलेशन बनाएर संक्रमित विद्यार्थी र शिक्षकलाई राखिएको छ ।
सो स्थानमा गाउँपालिकाबाट आफु सहित आधारभुत स्वास्थ्यकेन्द्रबाट एक जना गरी दुईजना स्वास्थ्यकर्मी खटिएका छौ ।

गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार विद्यालयमा फेरी कोरोना देखिएपछि गाउँपालिकाको जनशक्ति खटाईएको बताउनुभयो । उहाँले आधारभुत स्वास्थ्य सामग्री पठाएपछि चिकित्सकको अभाव भने देखिएको छ । ठूलो संख्यामा विद्यार्थी छन् । कोरोना संक्रमण देखिएपछि त्रास बढेको न्यूनिकरण गर्न जिल्लामा पनि खबर गरेका छौ ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार अघिल्लो चरणमा मुगम कार्मारोङमा २४३ जना संक्रमित भएका थिए । दुई जनाको मृत्यू भएको थियो तर पनि कोभिड नियन्त्रण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सो क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्न र अलर्ट हुन निर्देशन गरिसकिएको बताउनुभयो । उहाँले जिल्लाकै टोलीले अहिले समस्या सामाधान गर्न सक्ने अनुमान गरिएको र वाँकी थप पहल समेत गर्ने बताउनुभयो ।

विद्यालयको पठनपठन स्थगित :
कोरोना संक्रमण भएपछि विद्यालयको पठनपाठन स्थगित गरिएको छ । गाउँपालिकाले सूचना जारी गरेर साउन २५ गते सम्म पठनपाठन वन्द गरेको हो । गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ । त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी २६ जनामा कोभिड १९ पुष्टि भएकोमा आगामी दिनमा सक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरि नियमित पठनपाठन स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्