OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन २७, २०७५जुम्ला,
३४२ पटक

खलंगा असोज २५ गते । कर्णाली प्रदेश सरकारले यतिवेला आफनो यात्रा साविक कर्णालीको मुकाम जुम्लामा सम्पन्न गरेको छ ।
सुर्खेत देखी जुम्ला सम्मको कर्णाली राजमार्ग अन्तरगत दैलेख कालिकोट हुदै जुम्लामा विकास सम्भावनाका विभिन्न क्षेत्र र स्थानमा वहश छलफल तथा अन्तरक्रिया गरेको छ ।
यसै सिलसिलामा यहाँको आय आर्जनको प्रचुर सम्भावना रहेको भेडापालन क्षेत्रमा समेत चासो लिएको हो । सोही सिलसिलामा कर्णाली प्रदेश मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानून (गृहमन्त्री) नरेश भण्डारी र भौतिक पूर्वाधार तथा निर्माण मन्त्री खडक खत्रि सहित स्थानीय गाउँपालिकाको टोलीले एक रात गुठीचौर भेडा फारममा बिताएको हो ।
जुम्ला सदरमुकामदेखी हिडेर करिब एक दिन लाग्ने गुठीचौरमा यहाँको भेडा बाख्राको अनुसन्धानका लागि स्थापना गरिएको भेडाबाख्रा अनुसन्धान केन्द्रमा मन्त्रीहरुको बास भएपछि गुठीचौरको विकास सम्भावनालाई उठाउन प्रदेश सरकारले समेत चासो लिएको अनुमान गर्न सकिन्छ । यहाँको हिमाली क्षेत्रमा भेडापालनमा निकै सम्भावनाको क्षेत्र भएकाले भेडावाख्र्र्रा अनुसन्धान केन्द्रलाई विशेष जोड दिनुपर्ने निर्देशन गरिएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषि, पर्यटन क्षेत्रको उर्वरभूमि कर्णाली यसमा पनि गुठिचौर सम्भावनाको क्षेत्र भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले कृषि र पर्यटनको हव वनाउनुपर्ने बताउनुभयो । यसैगरी भेडावाख्रा केन्द्रले आवश्यक पूर्वाधारको विषयमा समेत लगानी आवश्यक रहेको विषयमा प्रदेश सरकारलाई अनुसन्धान केन्द्रले अनुरोध गरेको छ । यस क्षेत्रको प्रमुख आयस्रोत भेडापालन भएपनि कम हुदै गएको छ । अव भने वृद्धि गर्नुपर्ने स्थानीय सरकार र प्रदेश सरकारले चासो लिएको छ ।
मुख्यमन्त्री शाही सहित मन्त्रीहरुको टोलीले भेडावाख्रा पालनको अवस्था, सम्भावना र चुनौतिको बिषयमा अवलोकन अध्ययन भएको मुुख्यमन्त्रीका प्रेस सल्लाहाकार धुर्व बुढाथोकीले जानकारी दिनुभयो । प्रदेश सरकारले गुठीचौरको पर्यटक प्रर्वधन गर्न लागि रु एक करोड समेत विनियोजन गरेको छ । यसैगरी यहाँको गुठीचौर गाउँपालिकाले पर्यटकीय तथा कृषि सम्भावनाको लागि रु ५० लाख सम्भावब्यता अध्ययनका लागि विनियोजन गरि काम भईरहेको छ ।
भेडापालन अनुसन्धान केन्द्र गुठीचौरमा न्यूजिल्याण्ड सहित विभिन्न देशहरुबाट समेत महंगा भेडाहरु ल्याएर यहाँको जात सँग क्रस गरेर वृद्धि गर्ने कामहरु भईरहेको छ ।
यसैगरी गुठिचौरको चौतर्फी विकासको सम्भावब्यता अवलोकन समेत भएको छ । गुठीचौर उपत्यकालाई ताल वाधेर वृहत वहुउद्देश्यीय हाईड्रो परियोजना निर्माण, कृषि, पर्यटन र त्यहाँवाट ढोरपाटन जोडन सकिने राजमार्गका लागि सम्भावना भएको बिषयमा यहाँको गुठीचौर गाउँपालिकाले अवलोकन गराएको छ । यहाँको विकासमा भने प्रदेश सरकारले सेतुको रुपमा काम गर्ने भएको छ ।
कर्णाली राजमार्ग मार्फत कर्णालीको जुम्ला र कालिकोटको विकास सवाल र जनप्रतिनिधिहरुको कामको चासो लिएर आएको प्रदेश सरकारको अवलोकनबाट भने विकास सवालमा हुने सहकार्य, शुसासन र विकासको अनुभुतिका कामहरु भने हेर्न वाँकी छ । यसैगरी कर्णाली सरकारको गुठीचौरमा विशेष प्रथामिकताका साथ वास भएपछि गाउँपालिकाले न्यायो स्वागत गर्ने नै भयो । गाउँपालिकाले पनि हरेक दृष्टिकोणले गुठीचौरलाई अगाडि बढाउन प्रयास भईरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताउनुभयो ।
जनप्रतिनिधिहरु सँग अन्तरक्रिया ः
मुख्य मन्त्री शाही र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी यहाँका जनप्रतिनिधिहरु सँग भेटघाट सहित जुम्लाबाट फर्किएका छन् । जुम्ला र कालिकोटका नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरु सँग छलफल वहश तथा वर्तमान समयमा भईरहेका विकास कार्यक्रमको सवालका कामहरुको वारेमा सेयरिङ तथा आवश्यक निर्देशन गरिएको थियो । मुख्य मन्त्री शाहीले भ्रष्टचार हुन नदिने, जनप्रतिनिधिवाट जनताले अनुभूति गर्ने खालका कामहरु गर्नुपर्ने, आवश्यक समृद्धिका लागि प्रदेश सरकार सँग समन्वय गर्नुपर्ने बिषयमा छलफल भएको छ । यसैगरी कालिकोटको खाडाचक्रमा सिसि क्यामरा जडान समेत गरिएको छ । यसैगरी स्थानीय सरकारका जनप्रतिनिधिहरुले केही अस्पष्ट कानूनहरु नवनेका कारण तथा जनताको अपेक्षा अनुसारको बजेट नभएका कारण समस्या भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्