OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७९जुम्ला,
४५५ पटक

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले नीति तथा कार्यक्रममा शिक्षा स्वस्थ्य र सडकलाई प्रथामिकता दिइएको बताउनुभयो । उहाँका अनुसार ५० प्रतिशत अनुदानमा ३ जना दलित विपन्नलाई ईन्जिनियर डाक्टर पढाउने,प्रविणता तहमा अध्यायनरत २५ जना विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा लगानी गर्ने,हरेक महिनाको एक पटक शिक्षक,विद्यार्थी र जेष्ठ नागरिकको घरमै निशुल्क स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य बिमाको निरन्रता दिने नीति तथा कार्यक्रम ल्याइएको छ ।

त्यस्तै कृषितर्फ एक गाउँ एक बाली पकेट क्षेत्र निर्धारण,डिटिलमैत्री सेवा प्रवाहमा जोड,५ शैया अस्पताल निर्माण, पञ्चेबाजा संरक्षण,पर्यटन प्रर्बद्धन लगायत महिला तथा बालबालिका,लक्षित वर्ग,पवपद व्यवस्थापन,बहुक्षेत्रीय पोषण कार्यक्रम,वन वाताबरण,यूवा खेलकुद लगायतका क्षेत्रमा पृथक नीति तथा कार्यक्रम ल्याइएको छ ।

शिक्षा,स्वास्थ्य,खानेपानी,रोजगार,सडक,संचार,विपद व्यवस्थापन,वन वाताबरण लगायतका क्षेत्रलाई समेट्दै तातोपानीले १ सय २५ बुदे नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रम अनुसारनै तातोपानी गाउँपालिकाले आगामी आवको बजेट ल्याएको छ । शिक्षा,स्वास्थ्य र सडकलाई प्रथामिकता दिदै तातोपानी गाउँपालिकाले आगामी आर्थिक वष २०७९÷८० का लागि जम्मा ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैया बराबरको बजेट ल्याएको हो ।

उपाध्यक्ष रेवती रावलले प्रस्तुत गर्नु भएको बजेट बक्तव्य अनुसार तातोपानीले समग्रमा सडक तर्फ १ करोड ८२ लाख,५० हजार,शिक्षा तर्फ १ करोड ७३ लाख ५० हजार,स्वास्थ्यमा १ करोड १४ लाख ५० हजार,कृषिमा ८८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै,खानेपानी तथा सरसफाईमा १ करोड ६६ लाख ७५ हजार,नदी नियन्त्रणमा ५५ लाख,खेलकुद,पर्यटन तथा सांस्कृतिक संरक्षणका लागि ८६ लाख,वन वाताबरण तथा विपद व्यवस्थापनमा ४५ लाख,न्याय र कानुनमा ६ लाख,सूचना प्रविधिमा २७ लाख विनियोजन भएको छ ।

साथै,सिचाई तर्फ १९ लाख,पशु सेवा तर्फ १५ लाख,महिला तथा बालबालिका तर्फ १० लाख,उद्योग उद्यमशीलतामा ३९ लाख ५० हजार,सहकारीतर्फ ८ लाख,लक्षित वर्गको हितका लागि ५२ लाख,बहुक्षेत्रिय पोषण तर्फ ८ लाख,सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तर्फ १० लाख बजेट छुटाइएको छ ।

भने,सुशासन तथा सरसफाई विकासमा ४० लाख,जनतासंग अध्यक्ष कार्यक्रममा ८५ लाख र जनता संग उपाध्यक्ष कार्यक्रममा ८० लाख,पूर्वाधार विकासमा २८ लाख ५० हजार बजेट छुटाइएको छ ।

यसरी समग्रमा विभिन्न शिर्षकमा गरी आगामी आवका लागि ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैया बजेट छुटाइएको प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । उहाँका अनुसार आगामी आवबाट लागु हुने गरी खादै आएको तलबमा २ हजार बृद्धि गरिएको छ ।

उनले भने,“बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी आवमा समयमै योजना सम्झौता देखि निर्माण प्रक्रिया अघि बढाईने छ । भने, डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने,अस्पताल निर्माण गर्ने,झिकाउ,सिकाउ,टिकाउ र विकाउ हुन खालको जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तरमा जोड दिईने छ ।”

अध्यक्ष नन्द प्रसाद चौलागाईले घोषणा पत्र अनुसार काम गर्न तथा जनताका भावनाको कदर गर्नका लागि ल्याइएका नीति कार्यक्रम कार्यान्वयनमा गम्भीर हुने बताउनुभयो । सिमित स्रोतका बीच असिमित नागरिकका चाहाना पुरा गर्न मुस्किल रहेको भन्दै सकेजती जनभावाना अनुसार काम गर्ने उहाँको भनाई छ ।

बजेटमाथिको छलफलका लागि आगामी आईतरबार सम्मका लागि तातोपानी गाउँपालिकाको ११ औँ गाउँसभा स्थगित भएको अध्यक्ष चौलागाईले जानकारी गराउनु भएको छ

प्रतिकृया दिनुहोस्