OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ २, २०७९जुम्ला,
७८५ पटक

असार २ गते । सिँजा क्षेत्रका तीनवटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न लामो समय देखी पहल भईरहेको छ ।
सिञ्जाका तीनवटा स्थानीय तह, हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले पटक पटक आवाज उठाईरहेको समयमा अहिले भने भूमि व्यवस्था विभागले सर्वदलिय राय मागेपछि एकमतका साथ निर्णय गरि सिँजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो ।

जिल्ला समन्वय समिति जुम्लाको हलमा जिल्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, नवनिर्वाचित जिल्ला समन्वयका पदाधिकारीको उपस्थितिमा सिँजा दरमा पर्ने हिमा, सिँजा र कनकासुन्दरी गा.पाका सेवाग्राहीलाई सदरमुकाममा सेवा लिन भौगोलिक दुरीका हिसावले टाढा भई सेवा समस्या भएकाले ईलाका प्रशासन कार्यालय रहेको सिँजा गाउँपालिकाको नराकोटमा नै मालपोत नापी कार्यालय स्थापना गर्न उपयूक्त भएकाले नराकोटमा मालपोत कार्यालय स्थापना गर्नका लागि राय सहितको निर्णय गरिएको छ ।

मालपोत कार्यालय जुम्लाले भूमि व्यवस्था तथा अभिलेख विभागले उपयूक्त स्थान भए नभएको बिषयमा सर्वदलिय÷सर्वपक्षिय तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय जुम्ला सहितको उपस्थितिमा वैठक राखी राय पठाएको बिषयमा सिँजा क्षेत्रको लागि नराकोट केन्द्र उत्तम हो भनि निर्णय गरिएको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागले पठाएको २०७९।०२।१६ गते च.नं २२४१ को पत्रमा भनिएको छ । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले दिनुभएको निवेदनका साथ प्राप्त सिँजा गाउँपालिका नराकोट जुम्लाको च.नं ४१७ मिति २०७८ ।०८।१५ को पत्र मार्फत जिल्ला प्रशासन कार्यालय जुम्लालाई सम्वोधन गरि लेखिएको पत्र तथा जिल्ला प्रशासन कार्यालयको च.नं १२१२ मिति २०७८।०८।२१ को पत्रजुम्ला जिल्लाका स्थानीय तहहरु मध्य हिमा सिँजा र कनकासुन्दरी गाउँपालिकाका ३८ हजार जनसंख्याको लागि मालपोत तथा नापी कार्यालयको सेवा लिन सदरमुकाम धाउनुपनेृ भएकाले ईलाका प्रशासन कार्यालयमा रहेको सिँजा गाउँपालिकाको नराकोटमै नापी र मालपोत कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक पहल गरिदिन हुन भनि राय पठाईएको थियो ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले मालपोत र नापीको बिषय र सवाल पहिले देखीको माग भएकाले पास गरिदिन वैठकमा अनुरोध गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखी माग भएको बताउनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भएपनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउदा खुशी लागको बताउनुभयो ।

तस्बिर सिँजा भ्यालीबाट 

प्रतिकृया दिनुहोस्