OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम रावल,जेठ २१, २०७९ जुम्ला,
५५८ पटक

जुम्ला जेठ २१ गते , तातोपानी गाउँपालिका २ निवासी ३० वर्षिय मान बहादुर खत्री आर्थिक अभावले छटपटनईरहेका छन् । खत्रीका दुबै मृगौला फेल भएपछि हाल उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहेका छन् ।

३० वर्षकै कलिलो उम्मेरमा दुबै मृगौला फेल भएका खत्रीले सबैको सानो सानो सहयोग पाए आफुले पुर्नजन्म पाउने आशा व्यक्त गरेका छन् । घरको आर्थिक अबस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौ रकम आश्यक पर्ने भएकोले सहयोग गर्न अपिल गरेका छन् । खत्रीकोे,”घरमा छ वर्षको एक छोरा श्रीमती मात्रै मेरो साहारा छन् ।

आर्थिक अबस्था कमजोर छ । बाच्ने दृढ ईच्चा छ । तर दैवले गरिबलाई नै पीडा दिदो रहेछ । मेरा भगवानरुपि सम्पुर्ण देशविदेशमा रहेका,नेपाली आफन्तले मलाई बचाउने छन् भन्ने आश गरेको बताउनुभयो ।

मृगौला पिडित खत्रीलाई पुर्नजन्म दिन सहयोग गर्न चाहाने महानुभावले खत्रीको मोबाईल नम्बर 9748941324 मा सम्पर्क गर्न खत्रीले अनुरोध गर्नुभएको छ । मेरो उपचारमा कसैले सहयोग गर्न चाहेमा सहयोगी महानुभावले पिडित खत्रीको सांग्रिला डेभलपमेन्ट बैंक जुम्ला शाखामा रहेको खाता नम्बर 0280120039772100001 मा सिधै रकम जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।

विरामी भएर नेपालका विभिन्न अस्पताल र भारतमा समेत जाँच गर्दा दुवै मृगौला काम नगर्ने भएपछि चैत महिनामा घर फर्किएको थिए । तर आर्थिक अभावले मृगौला राख्न चाहे पनि नसकिरहेको उहाँले बताउनुभयो ।

खत्रीले अहिले जाउलो र नरम खाना खाने गरेको बताउनुभयो । हिड्न धेरै हुदैन, घुडा सुनिने देखी विभिन्न प्रकारका समस्या भएका छन् । उपचारका लागि सहयोग गर्न सवैलाई अपिल गर्दछु, खत्रीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्