OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
विजय रावत जेठ १२, २०७९जुम्ला,
५३४ पटक
जुम्ला  :  जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पुर्णप्रसाद धितालले पालिका भित्र शुन्य घर सुत्केरीकाे अवधारणा १ बर्ष भित्र पुरा गर्ने देखि ५ बर्ष भित्र कक्षा १ देखि ५ सम्मको आधारभुत विद्यालय तहमा शैक्षिक उपलब्धि स्तर ६० प्रतिशत पुर्याउने सम्म पहिलो  निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
आइतबार गाउँपालिकाकाे कार्यालयमा पदभार ग्रहण गर्दै  गाउँपालिका अध्यक्ष धितालले समावेशी आवासीय विद्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिकाकाे निमार्णधिन प्रशासकीय भवन तत्काल निमार्ण गरि सुचारु गरिने भएको छ । पालिका स्तरीय रंगशाला निर्माणमा विशेष जाेड दिइने नवनिर्वाचित अध्यक्षले निर्णय गर्नु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
पालिकाकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्याउनका लागि सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने पनि गाउँपालिकाका अध्यक्ष धितालले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्