OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ १, २०७९जेठ १ गते जुम्ला ।
४२४ पटक

स्थगित भएको जुम्लाको गज्र्याङकोटमा मतदान सुचारु भएको छ ।
शंकर माध्यामिक विद्यालयमा झडप हुदा स्थगित भएको मतदान पुन शुरु भएको हो । निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिले सम्म १८८ मत खसिसकेको छ ।
गत वैशाख ३० गते सो मतदान स्थलमै झडप भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थगित गरि जेठ १ गते मतदान तोकेको थियो ।

मतदान पुन भएको ठाउँमा सो स्थानमा जिल्ला भरको सुरक्षाशक्ति त्यस स्थानमा पुगको छ । प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध सहितको सुरक्षा टिम मतदान स्थलमा छ । मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र वाहिरी घेरमा नेपाली सेना त्यस स्थामा तैनाथ छ ।

निर्वाचन आज भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनुभयो । एक हजार ७ मतदाता भएको उक्त मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुन सवै सवै प्रक्रिया शुरु हुने भएको छ ।

प्रतिकृया दिनुहोस्