OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०७९जुम्ला,
७०५ पटक

वैशाख २१ गते । जुम्लाको तिला गाउँपालिकामा घरको जग लगाउदै गर्दा आएको सुख्खा पहिरोले दुई वालकको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार तिला गाउँपालिका २ डुण्डेलीमा रणबहादुर बोहराको घरको जग लगाउदै गर्दा खेलिरहेका दुई वालकको सुख्खा पहिरोले च्यापिएर मृत्यू भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार लगाउदै गरेको घरको माथीबाट ३ बर्षिय वालक शिशिर वोहोरा र हिमिश रावतको मृत्यू भएको छ । पहिरो सँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नि लक्ष्मी बोहोरा घाईते हुनु भएको छ । घाईते बोहोरालाई भने अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । मृत शिशिर बोहोरा रणबहादुरका छोरा हुन । घाईते लक्ष्मी बोहोरा सँगै ति वालक सो स्थानमा गएका र खेलिरहेका थिए । अर्का वालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर वनाउने स्थानमा खेल्न गएका थिए ।

यस अघि वैशाख ९ गते राती तिला ३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हुदा चार वालवालिकाको जलेर मृत्यू भएको थियो । सो घटना नसेलाउदै तिला २ डण्डेलीमा आज पहिरोले दुई वालकको मृत्यू भएको दुःखत खबर आएको छ ।

 

प्रतिकृया दिनुहोस्