OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ९, २०७९सुर्खेत
५२५ पटक

९ बैशाख २०७९, शुक्रबार

लागूऔषध ब्राउन सुगरसहित सुर्खेतमा दुई युवा पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश लागु औषध ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ३२ वर्षीय छबिराम लामिछाने र तातोपानी गाउँपालिका ५ जुम्ला लाम्रा गाउँका २२ वर्षीय विशाल चौलागाई रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा उनीहरुलाई बिहीबार साँझ वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत रातोपुल नजिकैबाट शुद्ध ४० मिलिग्राम ब्राउनसुगर (खैरो धुलो) सहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता पाण्डेका अनुसार आरोपित दुवैलाई ब्राउनसुगर कारोबार भईरहेको भनिएको स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्