

चैत ४ गते, जुम्लाको सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै प्रहरी चौकी स्थापना गरिएको छ ।
सिञ्जा गाउँपालिका नराकोट (ख) प्रहरी चौकी स्विकृत भएको १५ बर्ष पछि अहिले उद्धाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध सहित सुरक्षा निकाया प्रमुख, स्थानीय सरकारको उपस्थितिमा प्रहरी चौकी उद्धाटन गरिएको हो ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार शान्ति प्रक्रिया सँगै २०६३ सालमा नेपाल सरकारले स्विकृत गरेको प्रहरीचौकी उद्धाटन गरिएको हो । लामो समय पछि स्थानीय सरकार र नागरिकको माग अनुसार जिल्ला सुरक्षा समितिले केन्द्रमा पठाएपछि प्रहरी केन्द्रीय कार्यालयको चाडै काम गर्ने निर्देशन अनुसार विहीवार गाउँमा गएर प्रहरी चौकीको उद्धाटन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले शान्ति सुरक्षाको थप प्रत्याभिूति दिने तथा सिञ्जा क्षेत्रका दुर्गम शनिगाउँ क्षेत्रको विकासमा समेत प्रहरीले समेत सघाउने बताउनुभयो । उहाँले प्रहरी चौकी स्थापना भएपछि लागथु औषध दुव्र्यसनी लगायतका बिकृति अन्त्य गर्न स्थानीय सवैले सहयोग गर्न बताउनुभयो । प्रहरी नायव उपरीक्षक चन्द्धले अहिले शनिगाउँमा एक हवलद्धार सहित ७ जना प्रहरीको टिम खटाईने बताउनुभयो । उहाँले निर्वाचनको समय समेत आएकाले अन्य सुरक्षाको टिम बस्न यस क्षेत्रका लागि ठिक हुने बताउनुभयो ।
गाउँमा प्रहरी चौकी उद्धाटन भएपछि स्थानीयले बाजागाजा सहित स्वागत गरेका छन् । उनिहरुले गाउँमा कुनै प्रकारका घटना भएमा तिन ,चार घण्टा लगाएर नराकोटमा पुग्नुपर्ने वाध्यता हटेकोमा जोड दिएका छन् । स्थानीय राजनैतिक दलका प्रतिनिधि नेपाली कांग्रेसका अंकबहादुर शाही, नेकपा एमालेका यूवराज बम, नेकपा माओवादीका जनकबहादुर शाहीले बर्षौ अगाडि स्विकृत भएको प्रहरी चौकी स्थापना गर्ने सवैलाई धन्यवाद दिएका छन् ।
सिञ्जा गाउँपालिकाका प्रतिनिधि तिला चन्द्र उपाध्यायले गाउँपालिकाले प्रहरी चौकीको पूर्वाधारमा सहयोग गर्नेबताउदै सिञ्जामा मालपोत र नापी सेवाका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्नुभयो । वडानम्बर ६ का अध्यक्ष कालीबहादुर बुढाले प्रहरी चौकीको पूर्वाधारमा गाउँपालिकाले पहिलो प्रथामिकता राख्ने बताउनु भयो । ५ नम्बर वडाका वडाध्यक्ष मुनबहादुर रावलले लामो संघर्षपछि गाउँमा प्रहरी चौकी स्थापना गर्ने सवैलाई धन्यवाद ज्ञापनगर्नुभयो ।
यसैगरी सिञ्जा क्षेत्रको प्रशासनिक केन्द्र नराकोट प्रहरी चौकीलाई सिञ्जावासीले स्तरबृद्धिको लागि माग हुदै आएका छन् । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले स्तरबृद्धिका लागि यसको निर्णय गृह मन्त्रालयमा पठाईएको बताउनुभयो । प्रहरी चौकी स्थापना गर्न प्रजिअ प्रसाई सहित नेपालीसेना नन्दाबक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रागत थापा, सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल, राष्ट्रिय अनुसन्धान प्रहरी जुम्लाका प्रमुख राज कुमार न्यौपाने, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही पनि सिञ्जाको शनिगाउँमा पुग्नु भएको थियो ।
क्याप्सन ः सिञ्जा क्षेत्रको शनिगाउँमा प्रहरी चौकी उद्धाटन गर्दै प्रमुख जिल्ला अधिकारी प्रसाई तस्बि नेत्र शाही जुम्ला ।