OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही फागुन २८, २०७८जुम्ला,
५१५ पटक

जुम्ला, फागुन २८, जुम्ला ः हिमागाउपालिकाले छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको छ । महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत छोरीलाई पनी छोरा सम्मान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो । पालिकाले गाउँपालिका भित्रका छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन । उनले भनिन् नेपाल सरकारको छोरा हुन वा छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गनृका लागी छोरीलाई सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।

उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नु पर्छ । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो उपाध्यक्ष रोकायाले भनिन्,”। छोरी जन्मिदै विभेदका शिकार बनेका छन् ।

छोरीमाथी गरिने यस्ता खलका विभेदको अन्त्य गर्नका लागी नारी दिवसको अवसरमा छोरीलाई सम्पती दिने र छुईहुदा गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो ।  सम्मान पाउनेमा जिरा रोकाया, मुगा शाही डुगल शाही, आनन्द शाही , रहेका छन । यसैगरी छुई नमान्नेमा स्थानीय खम्वा शाही, राजबहादुर शाही, देवु सुनार लाई सम्मान गरिएको छ । यस्ता उदारणिय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन् हाम्रो समाजमा छोरा जन्माउनकै लागी धेरै सन्तान जन्माउने गरेको तितो यर्थात छ । उनले भनिन्,” यो विभेदकारी संस्कारले पुरुषलाई हौसला दिएपनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन,पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई मानसिक यातना दिएको छ ।

छोरीले अंश पाउने कानुनी मान्यता कार्यन्वयन छैन : 
उपाध्यक्ष रोकायाले भनिन्,“छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकाँश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेका छन् ।

छोरा हुदा हुँदै पनि छोरिलाइ सम्पति दिने अभिभाकलाइ सामाजिक हिसाब छोरा छोरि बरा वर हो भन्ने चेतना फैलाउना र पैत्रिक सम्पतिमा छारीको अधिकार स्थापित गराउनकै लागी छोरीलाई सम्पती दिनेलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो । हाम्रो समाजमा रहेको अलिखित कानुन जसले गर्दा छोरी घरपरिवार बाटै हिंसित बनेका छन ।

अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा जुम्लाका धेरै महिलाको प्रजनन स्वाथ्य समस्या देखीएको जनस्वाथ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । उनले भने, छोराका कारण एक दर्जन छोरीको जन्माउने गरेको पाइन्छ । जसले गर्दा आर्थिक र शरिरिक अवस्था कमजोर हुन्छ । ,महिला बिरमी पर्छन र अकाल्मै मुत्यु हुने गरेको छ ।

गाउँमा अझै पनि छोरीमाथी गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन् । विभेदकै कारण यहाँका छोरीहरुले सुविधा, अबसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ ।‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाईले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।

त्यस्तै यस्ता कुरिति हटाउन हिमागाउपालिकाले जनचेतनामुलक अभियान मार्फत छोरीलाई प्रोत्साहन गर्नकै लागी यो कार्यक्रम ल्याएकोमा स्थानीय जिरु रोकायाले खुसि ब्यक्त गरिन । उनले भनिन,”विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन गर्न आबश्यक ।

छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ ।
तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन ,भन्ने कटुयथार्थ हो । जन्मदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभुती भएको छैन् । विभेद विरुद्ध भएका कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नु पर्ने जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्