OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २५, २०७८जुम्ला,
७७० पटक

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसीले पार्टीका नेता तथा कार्यकर्तालाई एकबद्ध भएर निर्वाचनमा लाग्न निर्देशन दिनु भएको छ ।
नेकपा माओवादी पार्टीका कर्णाली अध्यक्ष तथा पूर्व मन्त्री केसीले नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकमा सहभागी भएर अव निर्वाचन घोषणा भईसकेकाले एकबद्ध भएर अगाडि बढ्न निर्देशन गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष केसीले प्रेस सेन्टर नेपाल जुम्लाको पत्रकार भेटघाट कार्यक्रममा पाटीलाई बलियो बनाउन लाग्न नेता तथा कार्यकतालाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले आगामी चुनाव नजिकिदै गरेकाले पाटी एक ढिक्का भएर लाग्न आबश्यक रहेकोमा समेत जोड गर्नुभयो ।

उहाँले पाटी भित्रको गुटउपगुट भन्ने प्रवृति अन्त्य गरी अगाडी बढन पार्टी नेतृत्वकर्तालाई निर्देशन दिएको समेत जोड दिनुभयो । आगामी निर्वाचन जित्नका लागि पनि यहाको नेता तथा कार्यकता सक्रियता पुर्व लाग्न आबश्यक छ ।

। प्रेस सेन्टर जुम्लाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष केसीले पार्टीलाई सफल पार्न एकबद्ध भएर लाग्न नेतृत्वलाई सचेत गराएको बताउनु भयो । उहाँले भन्नु भयो,“पे्रस सेन्टरले राम्रा कामको प्रचार र कमजोरी पटोको खवदारी गर्न आबश्यक रहेको छ ।

त्यस्तै पछिल्लो समयमा नेकपा माओबादी केन्द्र जुम्लाबासीको रोजाई बन्न थालेकाले देश र जनताको हीत अनुकुल माओबादी केन्द्रले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले यि सवै निर्देशक पार्टी वैठकमा गरिएको बताउनुभयो ।

माओवादी केन्द्र पाटी गरिब,सर्वहारा बर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त बर्गको हीतमा बोलेको छैन, अध्यक्ष केसीले थप्नुभयो ,‘त्यसैले माओबादी केन्द्र प्रति गाउँदेखि शहर सम्मको साथ र सहयोग मिलेको छ । यो कार्यले माओबादीनै देश निर्माणकर्ता पार्टी हो भन्ने सन्देश फैलाउन प्रेस सेन्टरको आबश्यक छ । बास्तविक संविधान, संघीयता, समावेशीता सवै माओवादीको अगुवाईमा यो देशमा स्थापना भएका कसैले भुल्न नहुने बताउनुभयो ।

अबको माओबादीको एजेन्डा जनताको सेवा र देशको सेवा पहिलो प्राथमिकतामा पर्नुपर्छ ।’ उहाँले निर्वाचन सम्म गठवन्धन रहने तर माओवादी आफु भित्रै सवै मिलेमा जित हुनेमा उहाँको जोड थियो । माओवादी कर्णालीका अध्यक्ष केसी अहिले जिल्ला जिल्लामा गएर पार्टी वैठकमा सहभागी हुने दौडानमा हुनुहुन्छ । उहाँ यस पटक कालिकोट र जुम्लाको पार्टी वैठकमा सहभागी भएर फर्किनु भएको हो ।

प्रतिकृया दिनुहोस्